Comments Add Comment

नुनले पनि तौल बढाउँछ ? यस्तो छ कारण

त्यसो त नुन सेवन आफैमा राम्रो मानिदैन । तर, नुन बिनाको खान्कीमा हामीलाई स्वाद हुँदैन । खल्लो खानेकुरा के खानु ? कसरी खानु ?

तरकारीमा नुन, अचारमा नुन, दालमा नुन । अर्थात हाम्रो भान्समा जे जति खानेकुरा पाक्छ, सबैमा नुन मिश्रण हुन्छ ।

चिकित्सकहरु नुनलाई पूर्णत बन्देज वा निषेध गर्नु त भन्दैनन्, तर यसको मात्रा कम गर्नु भन्छन् । खासगरी उच्च रक्तचापमा । यद्यपी नुन सामान्य अवस्थामा पनि राम्रो होइन । पछिल्लो तथ्य के पनि फेला परेको छ भने, नुनले तौल बढाउँछ ।

कसरी बढाउँछ नुनले तौल ?

जो मानिस अत्याधिक मात्रामा सोडियम -नुन)को सेवन गर्छ, उसको तौल क्रमश बढ्न थाल्छ । यसको कारण तपाई जे सोच्दै हुनुहुन्छ, त्यो नहुन पनि सक्छ ।

किनकी पोषणविद्लाई आधार मान्ने हो भने अत्याधिक मात्रामा नुनको सेवनले शरीरमा पानीको मात्रा बढी हुने गर्छ, जसका कारण शरीरमा अतिरिक्त वजन बढ्ने गर्छ ।  तर हामीले यहाँ पानीको वजनको मात्र कुरा गरिरहेका छैनौ । उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा फ्याटको मात्रालाई समेत बढाउने गर्छ, जसका कारण शरीरको वजन स्वत बढ्ने गर्छ ।

सोडियमै-सोडियम

एक पटक सोच्नुस् त, त्यस्ता के के खानेकुरा छन् जसमा सोडियमको मात्रा उच्च हुने गर्छ ? फ्रेञ्च प|mाइड, चिप्स, मम, पिज्जा, चाउमिन लगायतका फास्टफुड, प्रोसेस्ड फुड तथा रेष्टुरेन्टमा पाइने विभिन्न खानेकुरा ?

त्यतिमात्र हैन, पाश्चात्यहरुले धेरै उपभोग गर्ने ब्रेडमा समेत प्रशस्त मात्रामा सोडियमको प्रयोग गरिएको हुन्छ, जुन सुन्दा जो कसैलाई आश्चर्य लाग्न सक्छ ।

तर, यस्ता उच्च सोडियमयुक्त खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुने गर्छ । पकाउन सजिलो तथा सजिलै उपलब्ध हुने भएकोले  मानिसहरुको रोजाईमा यस्ता खानेकुरा पर्ने गर्छ । त्यसैले, यदी तपाईको खानामा चिप्स, स्न्याक्स, ब्रेड, प|mाइड फुड, प्रोसेस्ड फुड, रेष्टुरेन्ट फुड लगायतका खानेकुरा समावेश छन् भने बुझ्नुहोस् तपाईले नुन मात्र खाइरहनु भएको छैन, शरीरमा क्यालोरीको मात्रा समेत बढाइरहनु भएको छ ।

सोडियमले भोग मात्र जगाउँदैन, खाने क्षमता पनि बढाउँछ

तपाईहरुलाई आश्चर्य लाग्न सक्छ, सोडियम र वजनबीचको सम्बन्ध यतिमा मात्र सिमित छैन । यस्ता अन्य धेरै कुराहरु छन्, जहाँ सोडियमले मानिसमा भोक मात्र जगाउँदैन, उनीहरुको खानेकुरा खाने क्षमतालाई समेत बढाउँछ ।

सोडियमकै कारण मानिसलाई प्यास समेत छिटो छिटो लाग्ने गर्छ । परिणामस्वस्प, मानिसहरु सोडा, वियर लगायतका चिसो पेय पदार्थ समेत धेरै पिउने गर्छन् । त्यसैले त, बारका मानिसहरुले वियर वा अन्य मदिरा धेरै खपत हुने आशमा तपाईको  टेबल अगाडी पपकर्न तथा पिनट्सले भरिएको भाडा पि|mमा दिने गर्छन् । अतः उच्च सोडियमयुक्त खानेकुरा खाने व्यक्तिको वजन बढ्नु कुनै नौलो हैन ।

के भन्छ अध्ययन ?

सन् २०१५ मा गरिएको एक अध्ययनले समेत उच्च सोडियमयुक्त खानेकुराको सेवनले उच्च वजन हुनुका साथै कम्मर ठूलो हुने देखाएको छ । त्यसबाहेकका अन्य अध्ययनहरुले समेत सोडियमको उच्च खपत र वजनबीच गहिरो सम्बन्ध रहेको देखाएको छ ।

त्यसबाहेक, उच्च सोडियमयुक्त खानेकुराको सेवनले उच्च रक्तचापको समस्या त निम्तन्छ नै । यसले पनि के प्रमाणित गर्छ भने उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा पानीको मात्रा रिटेन (जम्मा) भई शरीरमा पानीको भोल्युम बढाएर उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ ।

कसरी नियन्त्रण गर्ने त ?

खानामा सोडियमको मात्रा कसरी कम गर्न के गर्न सकिन्छ भन्नेबारेमा विभिन्न अध्ययन अनुसन्धान त भई नै रहेको छ । तर अहिलेको लागि भने के बुझ्न जरुरी छ सोडियमको सेवन कम गरेर पनि बढ्दै गएको वजनलाई त अवश्य नै नियन्त्रणमा ल्याउन त सकिन्छ नै । उच्च सोडियमयुक्त खानेकुराको सेवन कम गरेर पनि हाई क्यालोरी जंकफुडको सेवनमा समेत कमी ल्याउन सकिन्छ ।

यसको लागि उच्च सोडियमयुक्त खानेकुरालाई पूर्ण रुपमा बन्देज गर्न जरुरी छैन । खानामा सामान्य ध्यान दिएर तथा प्रोसेस्ड गरिएको खानेकुरा तथा जंकफुडको सेवन कम  गरेर पनि सोडियमको मात्रालाई नियन्त्रणमा राख्न सकिन्छ । जसको मद्दतले रक्तचाप कम हुनुका साथै तौल समेत नियन्त्रित हुने गर्छ ।

(यो लेख पोषणविद् मोनिका रेइनेगलबाट साभार गरिएको छ । उनी न्युठिट्रसन डिभाज सेक्रेट फर अ हेल्थी डाइटकी लेखक पनि हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment