बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

इन्काउन्टर भएकै हो, फर्जी भन्नु हल्ला मात्रः गृहमन्त्री

'अपहरणकारीलाई निस्तेज पार्न सरकार सफल भएको छ, मूल कुरा त्यो हो'

Suzuki
अनलाइनखबर

२५ साउन, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् । उनले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।

फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले अाफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’

गृहमन्त्री थापाले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गर्दै भने-  ‘२४ घण्टाभित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ, मूल कुरा त्यो हो । ’

यसैवीच गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकेदारहरुलाई सरकारले सचेत गराएको बताए । सरकारको कदमबाट ठेकेदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको उनले बताए ।

अघिल्लो दिन छानविन, भोलिपल्ट ‘मूल कुरा’

गृहमन्त्री थापाले विहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इन्काउन्टरबारे गृहमन्त्रालयले छानविन गर्ने बताएका थिए । तर, त्यसबारे छानविन नगर्दै शुक्रबार गृहजिल्ला चितवन पुगेका मन्त्री बादलले त्यो ‘फेक इन्काउन्टर’ नभएको ठोकुवा गरेका हुन् ।

भक्तपुरमा बालक निशान खड्काको अपहरणपछि हत्या हुँदा र त्यसपछि प्रहरीले अपहरणकारीमाथि गोली चलाउँदा गृहमन्त्री थापा नेपालमा थिएनन् । त्यसबेला मन्त्री थापा इण्डोनेसियाको बालीमा आयोजित एक कार्यक्रममा भाग लिन गएका थिए ।

गृहमन्त्री थापा आफैंले अपराधीहरुलाई निस्तेज पारिनु ‘मूल कुरा’ भएको बताइसकेपछि अब विहीबार उनैले संसदीय समितिलाई दिएको छानविनको आश्वासन भने कार्यान्वयनमा नजाने संकेत देखिएको छ

गृहमन्त्री नेपाल फर्केर आइसक्दा नसक्दै प्रहरीले गरेको ‘इन्काउन्टर’ विवादमा परेको थियो । मारिएका अपहरणकारीका परिवारले मानवअधिकार आयोगमा समेत पुगेर यस विषयमा छानविन गर्न माग गरेका थिए ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय पनि यसबारे छानविन समिति गठन गर्नेमा नकारात्मक थिएन । र, सोही अनुसार गृहमन्त्री थापालाई सुरुमा इन्काउन्टरबारे छानविन समिति गठन गरिनुपर्ने बि्फङ भएको थियो । र, प्रहरी हेडक्वार्टरको सोही लाइनमा टेकेर मन्त्री थापाले विहीबार संसदीय समितिको बैठकमा इन्काउन्टरबारे छानविन हुने वचन दिए ।

यसैवीच विहीबार नै महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रतापसिंह ले गृहमन्त्री थापासँग भेट गरे । सिंह नेतृत्वको टोलीले गृहमन्त्रीलाई बि्रफिङ गर्दै भन्यो कि त्यो घटना फेक एन्काउन्टर होइन, साँच्चैको इन्काउन्टर नै हो ।

सम्भवतः मन्त्री थापा महाशाखाको भनाइमा कन्भिन्स भएकैले शुक्रबार उनले भरतपुर विमानस्थलपुगेपछि अपराधीहरुलाई ठाउँको ठाउँ मारिनु फेक इन्काउन्टर नभएको स्पष्टीकरण दिएका हुन् ।

गृहमन्त्री थापा आफैंले यो फेक इन्काउन्टर नभएको र अपराधीहरुलाई निस्तेज पारिनु ‘मूल कुरा’ भएको बताइसकेपछि अब विहीबार उनैले संसदीय समितिलाई दिएको छानविन समिति गठनको आश्वासन भने कार्यान्वयनमा नजाने संकेत देखिएको छ ।

याे पनि पढ्नुहोस् 

निशान अपहरणको नालीबेलीः दिउँसो साइकलमा डुलाएर राति हत्या

सुरक्षाविज्ञ भन्छन्- प्रहरीले निशानलाई जीवितै उद्दार गर्न सकेको भए राम्रो हुन्थ्यो

निशानका ‘हत्यारा’ चमेलीको खाजाघरका नियमित ग्राहक थिए

निशानको परिवारले अपहरणकारीबाट क्षतिपूर्ति पाउने बाटो बन्द

‘इन्काउन्टरका नाममा गैरन्यायिक हत्या गर्ने प्रहरीमाथि कारवाही हुनुपर्छ’

अपहरणकारीले घाँटी थिचेर गरेका थिए निशानको हत्या

भक्तपुर इन्काउन्टरबारे छानबिन गर्ने गृहमन्त्रालयको तयारी  

फुटबल खेलाडी बन्ने निशानको चाहना अधुरै

प्रहरी टोली कसरी पुग्यो अपहरणकारीको डेरामा ?

२०७५ साउन २५ गते १९:०७ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२० प्रतिकृयाहरू प्राप्त
  • nutan लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १०:१३

    Good..

    52
    64
    Share

  • RAM SING लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १०:४३

    ahile nai fake incounter hoina bhanepachhi tehi kurako chhanbin garnu ko artha k bhayo? …….. he is fake,himself

    65
    64
    Share

  • pravin लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ११:२७

    अपहरणकारी भन्नेहरुलाई समातेर लगेकाे भन्ने देखिजान्ने सुन्नेकाे कुरा छ । समातेर लगि सके पछि incounter भएकाे भन्न सकिने ठाउँ रहेन । यदि याे देशमा कानूनीराज भन्ने याे सरकारलाई लाग्छ भने सत्यतथ्य बाहिर ल्याउन एउटा निष्पक्ष छानविन समिति गठन गराेस ।

    56
    51
    Share

  • sabin nepali लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ११:०६

    very good work done by nepal police.now people will think million times to involve in such criminal activities.

    70
    45
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ११:१०

    फेक नै रहेछ भने पनि धेरै राम्रेा । बालक हत्या गर्नेलाइ सजाँय अझै पुगेन । तिनिहरूलाइ त अाधा काटेर नुन चुक दलेर पानी नै नभएकेा ठाउमा छाड्रनु पर्ने ।

    87
    38
    Share

  • Ordinary Nepali लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ११:१३

    Government should investigate about the truth, As seen on the previous interview with the community around there they have been taken by police personal in out dress. But question arise is how they get encountered with the arms with them. If its fake then from where arms came from. Its a big question on government. Its shows that police can kill anybody in the name of crime with fake story. Is there is a rule of law, I think this case should be investigate.
    Home minister ji don’t come on sentiment, Its a big question on rule of law.

    28
    14
    Share

  • om bastola लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ११:१९

    aapana mantralaya ka karmachari surxakarmi haru lai jabaphdehi sambedenshil suchana praddat hak adhikar ko jankari purna rup ma garai janata ko jiu dhan swasthya surxa ko gyarenti garauna netrityo ko khubi chahinx.daollerdhari manab adhikar uthan garneko paxi lager surxakarmi ko manobal girna nadine abhibhak ko daityo ho.surxakarmi ko manobal giraune kahi katai aphabaha haru lai chirna belaima janata lai suchana garne byabastha ko lagi kadam chalna pani anurodh.

    4
    8
    Share

  • thundersubedi लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ११:१९

    गृह मन्त्रीको भनाइ एकदम ठिक हो । सरकारले आफ्नो दायित्व कर्तव्य र जिम्मेवारी पूरा गरी जनतालाइ शुसासनको आभास गराएको छ । यस्ता अपहरणकारी र बलात्कारी तथा नराम्रा कु-तत्वहरुको जडै सम्म विनास गरी देशलाइ अमन चयनमा शासन गराउन सक्नु नै राज्यको कर्तव्य र दायित्व हो । ति बहादुर सिपाइहरु सम्मानित हुनुपर्दछ । नत्र अराजकले देशमा सोझा साझा जनतालाइ दिउंसै हींडन गारो पर्नेछ । विचरा निर्दोष बालकले न्याए पायो ।
    आफु पनि त्यो बच्चाको आमा बाबुको ठाउंमा बसेर हेर्नुपर्यो नि जीन्दगीभरी छोराको सम्रझनामा रगतको अाँशु बगाउनेछन् ति आमा बाबुले । त्यसको मूल्य कसैले तिर्नसक्छ ?

    68
    21
    Share

  • मिलन लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १२:०४

    म भन्छु यो केवल frustration मा आएर प्रशासन ले अपराध गर्न पनि पछि परेनन्।यदि यि २ जनाको ठाउमा आफुलाइ र आफन्तलाइ राखेर हेर्न नसक्नु नै प्रहरी पनि अपराधी शैलीमा देख्न पैयो।र अहिले को जुन गतिविधि छन् यहाँ प्रहरी र अपराधी मा मैले कुनै फरक देखिन।

    18
    24
    Share

  • Yukta लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १२:१९

    फेक नै भए पनि नेपाल प्रहरी ले जे गर्‍यो ठीक गर्‍यो ! अब उप्रान्त यस्तो जधन्य अपराध गर्नु भन्दा पहिले एक पल्ट अावस्य सोच्ने छ र अपराधी हरु को मन मा प्रहरी ईन्काउन्टर को भुत ले तर्साउने छ ! किन कि यस्ता क्रुर अपराधी हरु को लागि नेपाल मा फाँसी को कानुन छैन !

    29
    11
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १३:१६

    समाएर हाजित-अदालत, तारिक गर्दै समय नस्ट गरि, जेलमा ज्वाईलाई जस्तै पाल्नु भन्दा अपराधीलाई ठोक्न पर्छ l खबदार फर्जी इन्काउन्टर भनेर त्यसदिन खटि जाने प्रहरीलाई दु:ख दिदै मनोबल गिराउने काम नगर्नु, र अन्य अपराधीको मनोबल उच्च पर्ने कोसिस कसैले पनि नगर्नु l दशी-सबूतले अपराधी प्रमाणित गर्छ भने, फर्जी इन्काउन्टर नै सहि अरु यस्ता पाँच दसवटा हुने हो भने, नेपाली मन्दिरको बाहिरबाट चप्पल पनि चोरी हुन बन्द हुन्छ l अपराधीको मनमा प्रहरी द्वारा प्रदान गरिने नाईन एमएमको तातो-तातो गोली आभास हुन साथ् अपराध गर्न बाट दस हात पर भाग्ने छ l

    “इन्काउन्टर भएकै हो, फर्जी भन्नु हल्ला मात्रः” म गृहमन्त्रीको भनाईलाई खुलेर समर्थन गर्छु, साथै “समयमै काम नगर्ने ठेकेदारहरुलाई सरकारले सचेत गराएको र सरकारको कदमबाट ठेकेदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको” जस्ता शब्दले हामि बौध-साँखु, सातदोबाटो-चापागाउँ, नाकढुंगा-कलंकी सडक प्रयोगकर्ता माथि व्यंग गरि र हाम्रो पिडालाई गालि दिनु भएकोमा आपत्ति प्रकट गर्दछु l

    17
    10
    Share

  • रमेश पाैडेल लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १३:१८

    गृह मन्त्रीको भनाइ एकदम ठिक हो । सरकारले आफ्नो दायित्व कर्तव्य र जिम्मेवारी पूरा गरी जनतालाइ शुसासनको आभास गराएको छ ।। ति बहादुर सिपाइहरु सम्मानित हुनुपर्दछ । विचरा निर्दोष बालकले न्याए पायो ।

    27
    11
    Share

  • State 3 लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १३:५६

    हैट, नागरिक सरकारी ।त्यो आईमाई लाई केरकार गर्नोस त ।अरु ले अरु कुरा भन्छन ।समातेर कुट्दै लगेर पनि इन्काउन्टर हुन्छ ? हैट !!!

    11
    22
    Share

  • Dawa Sherpa लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १३:५७

    झुटो मुद्दा लगाउनु ,झुटो इन्काउन्टर सिर्जना गरेर मान्छे मार्नु, दिनलाई रात र रातलाई दिन हो भन्नु ,एकल जातिय राज्य सत्ताको मुल चरित्र नै हो । त्यहाँ कसैको सुनुवाई हुदैन ,जनताले सत्य कहिले जान्न पाउदैन, शासकले जे भन्यो त्यहि सत्य मानिदिनुपर्ने बाद्यता हुन्छ। स्मरण होस् :नेपालमा अहिले एकल जातीय बाहुनतन्त्र चलिरहेको छ राम बहादुरहरु त गुलाम मात्र हुन् ।मालिकले जे बोल भन्यो त्यो मात्र बोल्न पाइन्छ । त्यो भन्दा एक शब्द बढी बोल्यो भने मन्त्रि पद चेट हुन्छ ।

    14
    20
    Share

  • Nabin लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १४:१६

    Bandukele Bandukkai Bhasha Matra Buccha Yasko Praman 17000 Nepali Marne Gari Bhayako Maobadi Donda Nai Kaphi Chha.

    8
    7
    Share

  • बिबी लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १५:१२

    नेपालमा कानुन छ र? कानुनलयमा नै के भैरहेको छ सबैले देखेका छौ। हरेक क्षेत्रमा राजनीती हस्तक्षेप छर्लन्ग छ। यस घटना छान बिनको क्रमना दोषीले सजाय पाउनै पर्छ तर कुरा के भने ऑखा ले देख्ने गाउलेहरु भन्दैछ समातेर लगेको कसरी ईन्काउन्टर हुन्छ र तिनीहरू सित हतीयार हुन्छ? ईन्काउन्टर त फेक नै हो भन्न मिल्छ देख्ने हरूको भनाई अनुसार। कुरा किन ईन्काउन्टर ? पुलीस त समाबेस थिएन? नाम कमाउन त हैन? धेरै कुरा हरू छानबिनमा मानवाधिकार वादी पनि लागेकोले सत्य तत्थ्य नआए सम्म बादल ले त्यस्तो भन्न मिल्दैन फेक ईन्काउन्टर भए राजिनामा दिनु पर्छ। मावबादी लाई मान्छे मार्नु ठुलो कुरा हैन। मान्छे मार्नुमा भन्दा फेक को कुरा हो यदी फेक लाई बढवा दिए यस्ता झन ईन्काउनटर बढ्छन फेक नहोस भन्नु मात्र हो।

    9
    2
    Share

  • Sudip neupane लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १५:४२

    j bhayo thick vyo yadi yo prakaran lai liyara nepal police mathi aaulaa uthchaa vane hami samjanchau ki yahaa crime garne lai chut chaa jaslai j man lago teeo garne paunu parchcha vanni ho

    2
    2
    Share

  • Bini लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १५:४७

    If the kidnappers and murders are to be killed in encounter, then why don’t you kill BalkrishnA Dhungel.

    14
    0
    Share

  • nepali लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १७:४५

    Mareko thik Bho, Nepal Police good job… Must finish all the criminals. Jay Desh

    6
    4
    Share

  • dinesh लेख्नुहुन्छ    |   २०७५ साउन २६ गते ९:५३

    good job home grihamantri jeu
    , yesari nai police ko manobal badhaudai janus

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this