+
+
Shares

लाजिम्पाटबाट १० किलो चरेशसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २७ गते २०:०३

२७ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबामार्गले १० किलो चरेशसहित ६ जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो लाजिम्पाट क्षेत्रबाट प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले चरेशसहित ६ जना कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङ घर भइ गंगबु बस्दै आएका २४ वर्षीय रोजन छंत्याल, गंगबुका २० वर्षीय बिशाल मगर, काभ्रे घर भइ डल्लु बस्दै आएका २३ वर्षीय राम मगर, कास्की घर भइ डल्लु बस्दै आएका २७ वर्षीय संजय सुवेदी, बाग्लुङ घर भइ गंगबु बस्ने २४ वर्षीृय सुजन मगर र रोल्प घर भइ नयाँ बसपार्क बस्दै आएका ३४ वर्षीय शेरबहादुर पुन मगर छन् ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?