+
+

कतारको रंगशाला निर्माणमा संलग्न नेपाली युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३० गते १०:४६
विश्वकप २०२२ का लागि कतारमा निर्माणाधीन अल वक्राह रंगशाला ।

३० साउन, काठमाडौं । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ ।

विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ ।

तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन ।

नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको समाचारमा उल्लेख छ ।

आगामी सन् २०२२ मा कतारमा विश्वकप आयोजना हुँदैछ र त्यसको तयारी स्वरुप रंगशाला निर्माण तथा स्तरोन्नती गर्ने काम धमाधम भइरहेको छ । सो काममा नेपाली कामदारहरुको पनि प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?