३० साउन, काठमाडौं । कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले सरकारले पहिलेदेखिनै हेपेको दुखेको गरेका छन् ।
कर्णालीमा भोकमरी पर्दा सरकारले प्लास्टिकको चामल वितरण गरेको भन्दै सांसद गजेन्द्रबहादुर महतले अब कर्णालीवासीलाई आफैले छानेको चामलको प्रयोग गर्न दिनु पर्ने बताए ।
बुधबार प्रतिनिधिसभाको बैठकमा उपभोक्ता संरक्षण विधेयक २०७५ को सैद्धान्तिक छलफलमा सहभागी भएका सांसद महतले खाद्यको गुणस्तर जाँच गरिनुपर्ने फेरि प्लास्टिकको चामल खानु पर्ने अवस्था आउन नदिन ध्यानाकर्षण गराए ।
‘जुम्लामा खाद्यको भोकमरी पर्दा जापानबाट चामल आयो । त्यो चामले एकदमै प्लास्टिककै हो । कम खानुपर्ने । धेरै खाँदा पेट दुखिहाल्ने, ‘ सांसद महतले अघि प्रश्न गरे, ‘ यो मेरो मात्रै अनुभव होइन कर्णालीका आम जनताहरुको हो । त्यो चामल अहिले खाद्य संस्थामै थन्किएको होला । गुणस्तर कसले चेक गर्ने ? ‘
कर्णालीको चामलबारे विचार हुन्छ : मन्त्री यादव
विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले कर्णालीमा वितरित चामल परीक्षण हुने बताएका छन् । त्यहाँका सांसदहरुले आफूसँग जहिले पनि जापानी चामल वितरण गर्न आग्रह गरेको भन्दै मन्त्री यादवले उक्त चामल प्लास्टिकको हो कि होइन परीक्षण गर्ने बताएका हुन् ।
‘कर्णालीका माननीयले जापानी चामल नै चाहियो भन्नुहुन्छ । अरु चामल हुँदैन भन्नुहुन्छ । त्यसबारेमा पनि विचार गर्छु । प्लास्टिकको चामल हो कि होइन विचार गर्छु’ उनले भने ।
प्रतिक्रिया 4