Comments Add Comment

लोकसेवाबाट भर्ना रोकिदैछ भन्ने हल्लामात्रै हो  : लालबाबु पण्डित

१ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् ।

आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको बताए । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि संविधानले दिएको अधिकार विपरीत विदेश भ्रमणमा गइरहेको मन्त्री पण्डितले बताए ।

‘स्थानीय सरकार, प्रदेश सरकार विदेश गएको गएकै छन्, परराष्ट्र सम्बन्ध विस्तार गरिरहेका छन् । त्यो अधिकार संविधानले दिएको छ ? केन्द्रले सोध्यो भने हामी छुट्टै सरकार हौं भन्छन्, यसो भनेर देश चल्छ ?’ शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले तीन तहका सरकारबीच समन्वय गर्न नयाँ कानुन बनिरहेको बताए । उनले सबै तहका कर्मचारीको वृत्ति विकास हुने गरी कर्मचारी समायोजन गर्ने भन्दै सचिव थपलियाले एक हप्ताभित्र कर्मचारी समायोजनमा केही प्रगति हुने जानकारी गराए ।

दुर्गममा कर्मचारी जानै नमान्ने प्रवृत्ति समस्याको रुपमा देखिएको भन्दै सचिव थपलियाले विकास निर्माणमा तीन तहका सरकारबीचके समन्वयमा केही खड्किएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment