Comments Add Comment

भूकम्पले भत्किएको मङ्गलबहुद्वार चैत्यकाे पुनःनिर्माण पूरा

६ भदौ, काठमाडौं । विश्व सम्पदा सूचीमा रहेको १९औँ शताब्दीमा निर्मित अनुपम मङ्गलबहुद्वार चैत्यको पुनःनिर्माण पूरा भएको छ ।  विश्व सम्पदा सूचीस्थल स्वयम्भूमा रहेको उक्त चैत्य २०७२ वैशाखको भूकम्पमा भत्किएको थियो ।

पुनःनिर्मित उक्त चैत्य बिहीबार जीवनन्यास पूजासहित सर्वसाधारणका लागि खुला गरिने भएको छ । स्थानीय पुजारीले गजुर प्रतिस्थापनसँगै हारतीमाता स्वयम्भू तथा शान्तिपुरमा क्षमा पूजासमेत गर्ने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को), पुरातत्व विभाग, महासंघ, पुजारी समुदाय, बुद्धाचार्य र त्रिभुवन विश्वविद्यालयका स्वयंसेवक विद्यार्थीसँगको सहकार्य एवं चीनको हाइनान प्रान्तस्थित छहाङ फाउन्डेशनको आर्थिक सहयोगमा उक्त चैत्य पुनःनिर्माण एवं पुनःस्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment