Comments Add Comment

कञ्चनपुर घटनाका घाइतेलाई गृहमन्त्रीले भेटे

८ भदौ, काठमाडौं । कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन् ।

शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर थापाले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

यसअघि कञ्चनपुरमा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको घटनामाथि प्रहरीले गरेको अनुसन्धानमा प्रश्न उठाउँदै चर्किएको आन्दोलनका क्रममा बिहीबार गोली लागेर ४ जना घाइते भएका थिए । त्यसमध्ये भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

अस्पतालमा भण्डारीका आफन्तलाई कुराकानी गर्दै गृहमन्त्री थापाले सरकारले घाइतेको निःशुल्क उपचार गर्ने आश्वसन दिए । साथै, घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

‘घटनाबारे अनुसन्धान गर्न उच्च स्तरीय समिति गठन भइसकेको छ’, थापाले परिवारलाई आश्वस्त बनाउँदै भने, ‘सत्य, तथ्य बाहिर आउनेछ ।’

गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय छानबिन समितिका ५ जनै सदस्यहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेका छन् ।

यो पनि पढ्नुस्

निर्मला पन्त हत्याबारे वास्तविकता लुकाइएको स्थानीयको अारोप

निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ

भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या

निर्मला हत्या प्रकरणः ३० बढीसँग सोधपुछ तर, भेटिएन अभियुक्त

निर्मला बलात्कार प्रकरणः कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कञ्चनपुरमा आन्दोलन चर्कियो, प्रहरीको गोली लागेर ४ जना घाइते

आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा कर्फ्यु आदेश जारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment