+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
23/0 (2.6)
VS
चितवन राइनोज 2025
0/0
Shares

जीपको ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते १४:१७

भदौ ८, डोटी । डोटी दिपायल सिलगढी नगरपालिका-४ दिपायलमा जीपले ठक्कर दिंदा पत्रकार बिमल बिष्टसहित दुईजना घाइते भएका छन् ।

दिपायल राजपुरबाट पत्रकार बिष्ट आउँदै गरेको से३प २१५७ नं. को मोटरसाइकललाई दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको उग्रतारा यातायतको से१ज ५२१ नं. को जीपले ठक्कर दिँदा बिष्ट र उनीसँग मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका-४ का २७ वर्षीय नन्दन महरा गम्भीर घाइते भएका छन् ।

घटनापछि उपचारका लागि स्थानीय शैलेश्वरी अस्पतालमा ल्याइएको र उपचार सम्भव नभएपछि दुवैलाई अस्पतालले धनगढी रिफर गरिएको छ ।

पत्रकार बिष्टको टाउकोमा गम्भीर चोट लागेको र उनी अचेत अवस्थामा रहेको पत्रकार मोहन शाहीले जानकारी दिएका छन् । दुवैको अवस्था गम्भीर रहेको शैलेश्वरी अस्पतालका सञ्चालक आइजंग कुँवरले जानकारी दिए ।

प्रहरीले जीप र जीप चालक राजेन्द्र वोहरालाई नियन्त्रणमा लिएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक लोकेन्द्र मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?