+
+
Shares

नेपाललाई पहिलो सफलता, बसन्तले लिए विकेट

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १४ गते ८:१६

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको पहिलो विकेट लिएको छ ।

नेपालले १२.१ ओभरमा युएईको पहिलो विकेट लिएको हो । नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट लिएका हुन् । बसन्तले अश्फाक अहमदलाई ४५ रनमा एल्बिडब्लु आउट गराए । को आफ्नो दोस्रो खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले खराब बलिङ गरेको छ ।

१३ ओभरको खेल चलिरहदा युएईले १ विकेटको क्षतिमा ७० रन बनाएको छ । अहिले क्रिजमा चिराग सुरी २१ र कप्तान रोहन मुस्ताफा १ रनमा खेलिरहेका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा जारी खेलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगामी यात्रा सहज हुनेछ ।

आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाब छ । यता, युएईले भने आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?