Comments Add Comment

शिशु हत्याको बिरोधमा आज पनि औरही बजार बन्द

१४ महोत्तरी, भदौ । महोत्तरीको औरही नगरपालिकामा ८ महिने शिशुको अपहरणपछि हत्या भएको बिरोधमा स्थानीयवासीले बिहीबार पनि बजार बन्द गराएका छन् ।

शिशुको अपहरणपछि हत्या भएको चारदिन बितिसक्दासमेत प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । हत्यामा संलग्न व्यक्तिका पहिचान भैसक्दासमेत प्रहरी पक्राउ गर्न नसकेको बिरोधको स्थानीयवासी आन्दोलित भएका हुन ।

बिरोधको कारण बर्दिवास औरही जलेश्वर सडक खण्डमा यातायात चलेका छैनन् । स्थानीयवासीले शिशु हत्याको बिरोधमा बुधबार दिनभर बिरोध प्रर्दशन गर्नुका साथै र्‍यालीसमेत निकालेका थिए ।

औरही नगरपालिकाका-१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली कुमारी गत आइतबार अपहरणपछि हत्या भएको थियो । हत्याको बिरोधमा स्थानीयहरुले बजार बन्द गराउनुका साथै प्रर्दशन गरेका हुन् ।

सोनालीलाई न्याय दे, हत्यारालाई फाँसी दे भन्दै औरहीवासीले प्रर्दशन गरेका हुन् । औरही नगरपालिका-१ स्थित सन्तोषको पसलबाटै भंगाहा नगरपालिका-६ जमुनियाका भरत साहले शिशुलाई चोरेर लगेको र हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले बताए ।

भरतले सन्तोषलाई चिन्छु, भन्दै छोरीलाई काखमा बोकेको र खेलाउँदा खेलाउँदै लगेर भंगाह नगरपालिका र औरही नगरपालिका-१ को सिमानामा हत्या भएको अवस्थामा फेला परेको थियोे । तर, प्रहरीले हत्यामा संलग्न भरतलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

स्थानीयहरुले दोषीलाई पक्राउ गरी कडा भन्दा कारवाहीको माग गर्दै आएका छन् । प्रहरीले भने हत्यामा संलग्नको व्यापक खोजी भैरहेको जनाएको छ ।

यता स्थानीयवासीले समेत समूह निमार्ण गरी हत्या संलग्न व्यक्तिको खोजी गरिरहेको स्थानीय राजकिशोर चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment