१४ भदौ, काठमाडौं । बल्खुबाट सातदोबाटोतिर गइरहेको मिनी टिपरले विहीबार ललितपुरको एकान्तकुनामा दुईवटा कारलाई ठक्कर दिएको छ । टिपरको टक्करबाट दुईवटा कारमा क्षति पुगे पनि कारमा सवार सबैजना सकुशल छन् ।
बा १ ख ९०४९ नम्बरको मिनी टिपरले ठक्कर दिँदा बा ९ च ४० नम्बरको कारको अगाडिको भागमा क्षति पुगेको छ । सो कारमा नेपाल टिम्बर कर्पोरेसनका पूर्वजीएम गणेश उपाध्याय र उनकी श्रीमती चढेका थिए ।
त्यसैगरी टिपरको ठक्करबाट पल्टिएको अर्को बा १६ च ९२९८ नम्बरको कारको पछाडिको भाग क्षतिग्रस्त बनेको कारमा सवार कमल मादेनले अनलाइनखबरलाई जानकारी दिए ।
ठक्कर दिने टिपरका चालक अमरबहादुर बिकलाई जावलाखेल प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4