+
+
Shares

अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापाले खोले रोधी घर

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १४ गते १५:०४

१४ भदौ, पोखरा । अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापाले ब्यबसाय सुरु गरेका छन् ।

पोखराका थापाले आफ्नी श्रीमती तथा कलाकार दिलु लामा थापासँगको सहकार्यमा पोखरा महेन्द्रपुलस्थित बास्तोलाथर गल्लीमा ५० लाखको लागतमा बाराही रोधी घर एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । यही भदौ १५ गतेबाट सञ्चालनमा आउने रोधी घर दोहोरी साँझको रुपमा रहने सञ्चालक थापाले बताए ।

पूर्वराष्ट्रिय भलिवल खेलाडीसमेत रहेका थापाले लोक संस्कृतिको संरक्षण गर्दै नयाँ कलाकारलाई अवसर प्रदान गरी उनीहरुलाई स्थापित गर्ने उद्धेश्यले दोहोरी साँझ सञ्चालनमा ल्याउन लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस दोहोरी साँझमा रोधीमा झैँ गाउन/नाच्न पाइने उनले बताए । उनले भने, ‘लोक दोहोरीमार्फत मनका भावनाहरु व्यक्त गर्ने, लोक गीत सिक्न चाहनेहरुले पनि कलाकारहरुले गाएको सुनेर गीत सिक्न सक्ने र नाच्ने थलोको रुपमा प्रयोग गर्ने प्रयत्न गर्न लागेका हौं ।’

बाराही रोधी घर एण्ड रेष्टुरेण्टमा नियमित रुपमा रोधी घरकी सञ्चालिका तथा कलाकार दिलु लामा थापा, याम सारु मगर, जीवन सिग्देल, विन्दु गुरुङ, पूर्णबहादुर गुरुङ, सुसान्त रेग्मी, राजु लिम्वुलगायतले प्रस्तुती राख्ने सञ्चालक थापाले जानकारी दिए ।

त्यस्तै शुभारम्भको अवसरमा यही भदौ १५ गतेदेखि १९ गतेसम्म चर्चित कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, शर्मिला गुरुङ, राजु गुरुङ, शिव हमाल, कुमार पुन, तारापति सुवेदी, चोलेन्द्र पौडेल, जीवन दाहाल, शंकर विरही गुरुङ, माया गुरुङ र सुरेन्द्र गुरुङले प्रस्तुती राख्ने उनले बताए ।

रोधी घरमा नेपाली चाँडपर्वहरु नेपाली नयाँ वर्ष, असार १५, ल्होसार, शिवरात्री, माघे सक्रान्तिमा विशेष कार्यक्रम गर्ने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?