काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार चौथो जित हात पारेको छ ।
मोरिजियो सारीको प्रशिक्षणमा रहेको चेल्सीले बोर्नमाउथलाई २-० गोल अन्तरले हराएको हो ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड बि्रजमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ७२ औं मिनेटमा पेड्रोले गेाल गरे ।
निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी छँदा इडन हजार्डले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।
अर्को खेलमा साउथहृयाम्पटनले क्रिष्टल प्यालेसलाई २-० ले हराएको छ भने इभर्टनले हडर्सफिल्डसँग १-१ को बराबरी खेलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4