+

खराब जीवनशैलीको नतिजा मुटु रोगः किन, कसलाई, कसरी लाग्छ ?

२०७५ भदौ  १७ गते १२:३० २०७५ भदौ १७ गते १२:३०
खराब जीवनशैलीको नतिजा मुटु रोगः किन, कसलाई, कसरी लाग्छ ?

तपाईलाई थाहा छ, विश्वमा रोग लागेर जतिपनि मानिस मर्छन्, त्यसमा सबैभन्दा ठूलो हिस्सा मुटु रोगीको छ ।

अर्को कुरा पनि तपाईलाई थाहा छ ? अक्सर मुटुको रोग तपाई आफ्नै जीवनशैलीको कारण लाग्ने गर्छ ।

मुटुको रोग भन्ने वित्तिकै कोरोनरी धमनी रोग, हृदय रोग, बाथ मुटु रोग, मुटुमा प्वाल पर्नु, मुटुको चाप बढ्नु र हृदयघात भन्ने बुझिन्छ । हाम्रो समाजमा मुटु सम्बन्धि रोग भन्ने वित्तिकै मानिसहरु डराउनुका साथै अब धेरै बाचिदैन भन्ने सोच्दछन् । यो स्वभाविक पनि हो ।

मुटु रोगबाट सर्वाधिक मृत्यु

किनकी आज विश्वमा कुन रोगबाट कति मान्छे मर्छन् भनेर तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी मानिसको मृत्यु मुटुकै रोगबाट हुने गरेको देखिन्छ ।
त्यसमा पनि सबैभन्दा बढी अचाजक हुने हृदयघात, मुटुको रोगको साथमा मधुमेह भएका, मुटुको रोगको साथमा मिर्गौला रोग भएकाहरुलाई पनि देखिन्छ । यस्ता रोगबाट मर्नेहरुको संख्या विकसित देशहरुमा धेरै हुने गर्दछ ।

मुटुको रोगलाई सामुदायिक रोग पनि भन्ने गरिन्छ । किनकी मुटु रोग आफै त्यसै लाग्दैन । र, यो रोग लाग्न धेरै समय लाग्दछ । यो रोग पनि अन्य रोग झै जीवाणुको कारण हुन्छ भने कमै मात्र व्याक्टेरिया वा भाइरसका कारण हुन्छ । जस्तै, इन्डोकार्डियाटिस, बाथ मुटु रोग ।

खराब जीवनशैलीको परिणाम

र, धेरै भन्दा धेरै चाहि बद्लिदो जीवनशैलीका कारण हुन्छ । यो समस्या हाम्रो देशमा पनि विकसित हुँदैछ र यसको विकास हुनुको एउटा सुचाङ्क भनेकै जीवनशैलीमा परिवर्तन आउनु हो । त्यसैले विकसित मुलुकमा जस्तै हाम्रो देशमा पनि हरेक नेपालीले मुटुको रोग लाग्ने कारणहर बुझ्नु आजको परिवेशमा अत्ति नै जरुरी छ ।

मुटु रोग र जीवनयापन गर्ने पद्धतिमा गहिरो सम्बन्ध हुन्छ, जसले गर्दा यो रोग लाग्नबाट बचाउन आˆनो जीवनयापन गर्ने पद्धति वा शैलीको एकदमै ठूलो भूमिका हुन्छ ।

मैले पहिलो लेखमा मुटुको धड्कन अचानक बन्द हुनु, हृदयघात र कोरोनरी धमनी रोग भनेको के हो ? भनेर बुझाउने कोशिश गरेको थिए ।

यो लेखमा मैले कोरोनरी हृदय रोगबारे बुझाउने कोशिश गरेको छु । हृदयघात हुने पहिलो कारण भनेकै कोरोनरी हृदय रोग हो । त्यसैले, यो रोग लाग्ने र बच्ने उपायबारे जान्नु नै हाम्रो जीवन, समाज र देशको लागि अति नै आवश्यक छ भन्ने महसुस गरेर नै मैले यसबारे बुझाउने कोशिश गरेको छु । यो लेख राम्रोसित पढ्नुहोस् र प्रयोगमा ल्याउनुहोस् । अरुलाई पनि शेयर गरेर सहयोग गर्नुस् । तपाईहरुको सुझाव, सल्लाह र मायाले मलाई फेरी अर्को लेख लेख्न प्रेरित गर्नेछ ।

आफैले परिवर्तन नियन्त्रण गर्न सक्ने र अरुलाई पनि सल्लाह सुझाव दिएर नियन्त्रणमा राख्न सक्ने कारणहरु

१. धुमपान गर्ने – पुरुषलाई तीन गुणा र महिलालाई छ गुणा कोरोनरी हृदयरोग लागने खतरा हुन्छ ।

सुरुमै ध्यान दिएर धुमपान बन्द गरेमा ५० देखि शत प्रतिशत सम्म खतराबाट बच्न सकिन्छ ।

२. मधुमेहका रोगी – पुरुषलाई चार गुणा र महिलालाई छ गुणा कोरोनरी हृदयरोग लाग्ने खतरा हुन्छ ।

कार्वोहाइड्रेट, गुलियो पदार्थ कम खाने र समयमै मधुमहे रोगको पहिचान गरेर रोग लाग्नबाट जोगिन सक्यो भने कोरोनरी हृदयरोग लाग्ने सम्भावना न्युन हुने गर्छ ।

३. उच्च रक्तचाप

रक्तचाप बढेर त्यसबाट देखिने लक्षणहरु देखिन समय लाग्न सक्छ । त्यसैले रक्तचापको परिक्षण हरेक तीन देखि छ महिनामा गर्न सकेको खण्डमा चाँडै औषधीबाट नियन्त्रणमा राख्नाले कोरोनरी हृदयरोग हुने खतरा र रक्तचापबाट हुने खतराबाट पनि बच्न सकिन्छ । तपाईको रक्तचाप १४०/८० एमएमएचजी भन्दा तल भएको राम्रो हुन्छ । रक्तचाप १००/६० एमएमएचजी भन्दा तल भएमा समस्या देखिनसक्छ । त्यसैले, रक्तचाप ११०-१४०/ ६०-८० एमएमएचजीको स्तरमा भएकोलाई राम्रो मानिन्छ । जबकी रक्तचापको स्तर १४०/८० एमएमएचजी भन्दा कम हुनु वा  १८०/१०० एमएमएचजी भन्दा माथि हुनुलाई नराम्रो मानिन्छ ।

४. रगतमा खराब कोलेस्टेरिनको मात्रा बढ्नु (खराब कोलेस्टेरिनको मात्रालाई सय देखि १२० भन्दा कम राख्ने)

फ्याट र प्रोटिन पर्याप्त भएका खानेकुराको सेवन कम गर्नु र बढी भएको खण्डमा शारीरीक व्यायाम र औषधीले कम गर्नाले मुटुको रोग लाग्नबाट बच्न सकिन्छ ।

५. दैनिक रक्सीको सेवन  (दैनिक रुपमा रक्सीको सेवनले रक्तचाप र कोलेसटेरिनको मात्रा उच्च हुने गर्छ )

रक्सी खानै पर्छ भन्ने जरुरी छैन । रक्सीको ल त लागेपछि छोड्न पनि गार्‍हो हुन्छ । रक्सीले रक्तचाप र शरीरमा कोलेस्टेरिनको मात्रा बढाइदिन्छ र अप्रत्यक्ष रुपमा कोरोनली हृदय रोगको सम्भावना उच्च हुने गर्छ । रक्सीले अरु पनि ज्यानै लिने खालका रोगहरु निम्त्याउँछ । जस्तै, कलेजो, पित्तथैली, प्यान्कि्रयाज, मिगौला रोगमा असर गरी क्यान्सर समेत हुनसक्छ । त्यसबाहेक, पारिवारिक झगडा, महिला हिंसा, बलात्कार, कुटपिट जस्ता अनेकौ समस्या निम्त्याउँछ ।त्यसैले रक्सीको सेवन सकेसम्म नगर्नु नै बेस हुन्छ ।

६. शारीरीक व्यायामको कमी र चाहेभन्दा बढी मोटोपना हुनु

दैनिक ३० देखि ४५ मिनेट शरीरीक व्यायाम गर्नुहोस्, यसले तपाईको मस्तिष्कलाई छरितो र शरीरका सबै अंगहरु सकि्रय राख्न मद्धत गर्छ । नियमित व्यायामले शरीर फुर्तिलो हुनुका साथै अनुहारमा चमक, रातोपन छाउँछ । त्यसैगरी, मोटोपना, फ्याटलाई घण्टाउन तथा रोगसित लड्ने क्षमताको वृद्धि गर्छ । त्यतिमात्र हैन, शारीरीक व्यायामले तपाईको जीवनको आयु पनि वृद्धि हुन्छ । विरमी भएकार हहृदयघात हुने सम्भावना भएका व्यक्तिहरुले डाक्टरको सल्लाह लिएर कसैको साथमा व्यायम गर्नु होला, एक्लै नगर्नुहोला ।

७. हरेक दिन तनावमा रहनु

कुनैपनि प्रकारको तनाव नलिनुहोला । विशेषगरी काम गर्दा र परिवारमा बस्दा तनावबाट मुक्त हुनुहोस् । तनाव धेेरै भएमा काममा लगाउने मालिक वा डाक्टरसित सल्लाह लिई तनाव कम गर्न तिर लाग्नुहोस् । त्यस्तै, आवेश तथा उत्तेजित कम गर्न तिर लाग्नु पर्छ । यसले पनि हृदय सम्बन्धि रोग लाग्न दिदैन ।

८. परिवारका अरु सदस्यलाई कोरोनरी हृदय, रक्तचाप, मधुमेह, कोलेस्टेरिनबाट हुने रोग देखापर्नु  (बुवा, आमा, दिदी, बहिनी, दाजु, काका , काकीलाई )

पुरुषलाई ५५ वर्षभन्दा अगाडी देखा पर्नु र महिलालाई ६५ वर्ष भन्दा अगाडी यस्ता रोग देखा परेमा छोराछोरी, भाईबहिनी लगायतका परिवारका अन्य सदस्यलाई पनि मुटु सम्बन्धि रोग लाग्ने सम्भावना प्रवल हुने गर्छ । यदी तपाईको परिवारका आफूभन्दा ठूलो कसैलाई हृदय रोग छ भने तपाईको स्वास्थ्य नियमित रुपमा जचाउनु पर्छ र सम्भावना छ भने बेलैमा पहिचान गरेर पनि जोखिम कम गर्न सकिन्छ ।

९. अस्वस्थ खानेकुरा ज्यादा खानु र स्वस्थ खाना कम खानु

कार्वोहाइड्रेट्स, फ्याट, कोलेस्टेरिन, गुलियो, रातो मासुको मात्रा बढी भएको खाना कम खाने गर्नुहोस् । फलफुल, हरियो सागसब्जी, माछामासु, सलाद, फ्याट नभएको तेल खाने बानी गर्नुहोस् । फास्टफुडबाट टाढा रहनु होस् ।

परिवर्तन वा नियन्त्रण गर्न नसक्ने, जो जन्मदै लिएका आएका जोखिम, जसलाई कुनै हालतमा परिवर्तन गर्न सकिदैन

१. पुरुषहरुलाई महिलालाई भन्दा बढी कोरोनरी हृदयरोग लाग्ने गर्छ ।

पुरुषलाई ४५ वर्ष पछि कोलोनरी हृदय रोग लाग्ने खतरा बढी हुन्छ भने महिलालाई ५०-५५ वर्ष पछि यो रोग लाग्ने सम्भावना उच्च हुने गर्छ ।

२. एकदम कमलाई मात्र वंशाणुत रोगका कारण यो समस्या हुने गर्छ ।

लेखक मुटु रोग विशेषज्ञ हुन्

मुटु रोग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?