+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

५५ लाख नगदसहित ८ जना हुण्डी कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते १६:५१

१७ भदौ,वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट ५४ लाख ९६ हजार नेपाली रुपैयाँसमेत बरामद भएको छ । वीरगञ्जको गहवामाई मन्दिर, घडिअर्वा पोखरी र गणेशमान चोक आसपासबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनाबारेमा अनुसन्धान भइरहेको भन्दै पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले अनुसन्धान भइरहेकोले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए । ‘हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा हामीले उनीहरुलाई नियन्त्रणमा लिएका छौं, उनीहरुको साथबाट ठूलो परिमाणमा नगद पनि बरामद भएको छ,’ उनले भने, ‘अनुसन्धान पछि थप विवरण सार्वजनिक गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?