Comments Add Comment

पाँच सूत्र, जसले शरीरमा रोग लाग्नै दिदैन

नेपालीको औसत आयु ७० बर्षको हाराहारीमा छ । बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ले दक्षिण एशियामा श्रीलंकालीपछि नेपालीको उमेर बढी देखाएको छ ।

उमेरको आयतन त तन्किएको छ, जो आफैमा खुसी मान्नुपर्ने कुरा हो । तर, यत्तिका उमेरसम्म हामी कसरी बाँच्छौं ? के ७० बर्षको हाराहारीमा पुग्दा पनि हामी तन्दुरुस्त, स्वस्थ्य, उर्जावान् र खुसी हुन्छौ ?

या त रोगले थलिएका, जीर्ण, पाको, रोगी शरीर लिएर घिस्रिन्छौं ?

सत्य के हो भने, निश्चित उमेर पार गरेपछि हामीले देह त्याग गर्छौं । यद्यपी जति उमेरसम्म बाँचिन्छ, त्यस अवधीसम्म स्वस्थ्य एवं निरोगी भएर बाच्न सक्नु ठूलो उपलब्धी हो । भगवान गौतम बुद्धले पनि जीवनभर निरोगी हुनुलाई ‘उपहार’को रुपमा व्याख्या गरेका छन् ।

तर, अहिलेको परिदृश्य फरक छ । युवाअवस्थामा नपुग्दै कोही दमले निस्साइरहेका छन्, कोही क्यान्सरले छटपटाइरहेका छन् । कसैलाई उच्च रक्तचापले गलाइसकेको छ, कसैलाई मधुमहेहले छोपसकेको छ । किन यस्तो भइरहेको छ त ?

किनभने हामी बाँच्ने वायुमण्डल दुषित छ । हामीले पिउने पानीदेखि खाने भोजनसम्म विषाक्त छ । त्यसभन्दा खराब त हाम्रो जीवनशैली छ । सधै ऐश-आरम खोज्ने, मिठो मसिनो खानामा पल्कने हामी उमेर नपुग्दै रोगका शिकार बनिरहेका छौं ।

हो, हामी रोगी हुनुमा हाम्रै जीवनशैली जिम्मेवार छ ।

स्वस्थ्य, निरोगी, तन्दुरुस्ती जीवनका लागि हामी आफ्नै प्रयास पनि काफी छ । खानपानमा सर्तकता र जीवनशैलीमा अनुशासन अपनाएर हामी स्वस्थ्य हुन सक्छौं ।

कसरी पाउने स्वस्थ्य जीवन ?

यदि आफ्नो लागि समय कम छ भने १० मिनेट मै केहि टिप्स अपनाएर पनि स्वस्थ रहन सकिन्छ । सानो गल्तीले पनि आफ्नो स्वास्थ्यमा असर गरिरहेको हुन्छ । व्यस्त जीवनशैलीको कारण आफ्नो लागि समय निकाल्न सकिदैन, जसले असर सिधै हाम्रो स्वास्थ्यमा पर्छ । हामीले हाम्रो स्वास्थ्यको बेलैमा ख्याल राखेनौ भने विभिन्न रोगको शिकार बन्न सकिन्छ । त्यसैले कम समय भए पनि आफ्नो स्वास्थ्य सुधार्ने कोशिश गर्नुपर्छ ।

१.दैनिक एकै समयमा उठ्नु

दैनिक ७ -८ घन्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक हुन्छ । समयमै सुत्ने र समयमै उठ्ने बानीले रोगसँग लड्न सक्ने क्षमता पनि बढ्छ । त्यसैले दैनिक एकै समयमा उठ्नको लागि आर्लम लगाएर सुत्ने बानी गर्नुपर्छ ।

२. ब्रेकफास्ट गर्ने बानी बसाल्ने

बिहानको समयमा ब्रेकफास्ट नर्गनाले स्वास्थ्यमा नराम्रो असर पर्छ । बिहानको खानाले दिनभरको लागि उर्जा दिन्छ । ब्रेकफास्टमा स्वस्थ आहारको सेवन गर्नु राम्रो हुन्छ । जस्तै मौसम अनुसारको फलफूल, जुस, उसिनेको अण्डा आदि ।

३.पर्याप्त मात्रामा पानी पिउनु

दैनिक ७-८ गिलास पानी पिउनुपर्छ । पानीले शरिरलाई डिहाइड्रेट हुनबाट बचाउनका साथै विभिन्न स्वास्थ्य सम्बधी समस्याबाट पनि बचाउछ । पानीले शरिरमा भएको विशाक्त पर्दाथको नष्ट गर्छ । यसको सेवनले पेटको पनि स्वस्थ राख्छ ।

४.हरियो सागसब्जीको सेवन

हरियो सब्जीमा भिटामिन,मिनीरल,फाइबर, आइरन पाउनका साथै अन्य पौष्टिक तत्वको राम्रो स्रोत हो । त्यसैले स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा क्यालोरी र फ्याटको मात्रा कम भएकोले शरिरको तौल पनि नियन्त्रणमा राख्छ ।

५् सिंढीको प्रयोग

लिफ्टको सट्टा  सिंढीको प्रयोग गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसले शारिरीक रुपमा कसरत हुन्छ र शरिरको तौल नियन्त्रण राख्छ । सिंढीको प्रयोग गर्नाले शरिरको फ्याट बर्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment