+
+
Shares

धोका दिने प्रेमीलाई पक्राउ गर्न हवाइ फायर !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते २०:०३

१७ भदौ, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले एक सामान्य घटनाका आरोपितलाई पक्राउ गर्न आइतबार दिउँसो गोली चलाएको छ । यद्यपि, प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सकेन ।

प्रेमीले धोका दिएपछि प्रहरीमा जबरजस्तीकरणी प्रयासको मुद्दा दर्ता गर्न भन्दै आएकी एक मोडलको पीडकलाई पक्राउ गर्न प्रहरीले हवाई फायरिङ गरेको प्रहरी स्रोतले बतायो ।

‘दिउँसो परिसरबाट खटिएको सादा पोशाकको टोलीले किसान राई नामक युवकलाई पक्राउ गर्न गोली चलाएको हो’, स्रोतले भन्यो, ‘तर, लखेट्दा लखेट्दै पनि उनी उम्किन सफल भए ।’

काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त लामाले भने गोली नचलाइएको दाबी गरे ।

‘उनलाई पक्राउ गर्न जाँदा हेलमेट बजारिएको थियो । त्यहाँ धकेल्दा पेस्तोल पनि देखियो’, लामाले अनलाइनखबरसँग भने, ‘त्यसैले त्यहाँका लोकललाई गोली चलेको जस्तो लागेको हो ।’

यद्यपि, एक अधिकारी भने माथिल्लो निकायलाई गलत रिपोर्टिङ भएको बताउँछन् । प्रहरीले ‘चाइनिज टाइप ७७’ हवाई फायरिङ गरेको ती अधिकारीको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?