Comments Add Comment

बालाजुमा प्रहरी वृत्तबाट निस्किना साथ ‘अपहरण’ !

१७ भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी नायब उपरीक्षक (डिएसपी) दानबहादुर मल्ललाई आइतबार साँझ एउटा सूचना आयो, ‘नवलपरासीका भगतबहादुर थापा बालाजुबाट अपहरणमा परे ।’

लगत्तै, दरबारमार्ग प्रहरीको टोली अनुसन्धानमा खटियो । थापाको कल डिटेल हेर्नेदेखि अन्य विधि प्रयोग गरेर अनुसन्धान अघि बढाउने क्रममा एउटा सूराक हात पर्‍यो, जसको माध्यमबाट प्रहरी थापालाई ‘अपहरण’ गरिएको ठाउँसम्म पुग्यो ।

बालाजुको माछा पोखरीस्थित एक होटलमा उनलाई बन्धक बनाएर राखिएको रहेछ । दरबारमार्गसँगै बालाजु वृत्तको टोली पनि पुग्यो । प्रहरीले उनको उद्दार गरेको छ भने ‘अपहरण’मा संलग्नलाई पक्राउ गरिएको डिएसपी मल्लले बताए ।

देव समूहको संलग्नता

अनुसन्धानका संलग्न प्रहरीका अधिकारीका अनुसार थापामार्फत एक व्यक्तिलाई रोजगारीका लागि टर्की जाने भन्दै पैसा बुझाइएको थियो । तर, त्यसरी टर्की पठाइएका व्यक्ति त्यहाँ अलपत्र परे ।

फर्किएपछि उनीहरुले प्रहरीमा उजुरी गरे । बालाजु वृत्तमा दुवै पक्षबीच छलफल गरायो । तर, त्यहाँबाट निस्किने वित्तिकै थापालाई नियन्त्रणमा लिएर बन्धक बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

यसमा माछा पोखरी क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा देव श्रेष्ठ र उनको समूह संग्लन भएको पाइएको छ ।

यसबारे प्रहरीले अनुसन्धान थालेको छ । श्रेष्ठ यसअघि पनि गुन्डागर्दीको आरोपमा पक्राउ परेका व्यक्ति भएको प्रहरी बताउँछ ।

महानगरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवि कोइराला भने घटनाबारे अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment