+
+
Shares

अमेरिकन बाबु मेड इन नेपालको प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २५ गते १०:३३

२५ भदौ, न्युयोर्क । ‘अमेरिकन बाबु मेड इन नेपाल’ चलचित्र न्युयोर्कमा प्रिमियर गरिएको छ । अमेरिकामै बसोबास गरिरहेका कलाकारहरुलाई समेटेर बनाइएको यो चलचित्रको प्रिमियरमा उल्लेख्य दर्शकको उपस्थिति थियो ।

चलचित्रका निर्देशक ईश्वर थापाले आफ्नो चलचित्रमा अमेरिकामा नेपालीहरुले भोगेको कुरालाई उतारेको भएर दर्शकहरुले मन पराएको उल्लेख गरे । ‘यहाँ आएका सबै नेपालीहरुको संघर्ष उस्तै भएकाले दर्शकहरुले यसलाई रुचाएका हुन्,’ निर्देशक थापाले भने ।

प्रिमियरमा विशेष अतिथिका रुपमा निम्त्याइएका नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीले चलचित्रले अमेरिकामा रहेका नेपालीहरुको यथार्थ चित्रण गरेको टिप्पणी गरे । ‘चलचित्रका निर्देशक बधाइका पात्र छन् यसका लागि,’ क्षेत्रीले भने ।

एक दशक अघि बिषालु, हाउडे जस्ता नेपाली चलचित्रमा नायकको भूमिका निभाएका निर्देशक थापा अहिले म्युजिक भिडियो र चलचित्रमा निर्देशनमा व्यस्त छन् ।

राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेतीको निर्माता रहेका उक्त चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा, पुष्करबराल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र अमेरिकाको विभिन्न शहर हुँदै ३ महिनापछि नेपालमा रिलिज गरिने बताइएको छ ।

प्रिमियरमा निर्देशक थापाको अर्काे चलचित्र बुलेटप्रुफ शेर्पा छिट्टै बन्ने जानकारी पनि दिइयो, जसमा कलाकार जाङ्बु शेर्पाको मुख्य भूमिका हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?