Comments Add Comment

सुनकाण्डका अभियुक्त डीएसपी प्रजित केसी साधारण तारेखमा छुटे

३१ भदौ, विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी नायब उपरीक्षक डीएसपी प्रजित केसी साधारण तारेखमा छुटेका छन् ।

उच्च अदालत विराटनगरको आदेशमा उनी साधारण तारेखमा छुटेका हुन् । आइतवार न्यायाधीस उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले डीएसपी प्रजित केसीलाई साधारण तारेख र गोरेका सहयोगी रामकुमार तिवारीलाई पाच लाख धरौटीमा छाडने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले जानकारी दिए ।

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङको गत जेठ ८ गतेको आदेश पछि थुनामा रहेका केसीलाई पुर्पक्षमा राख्नुपर्ने पर्याप्त आधार नभएको भन्दै उच्च अदालत विराटनगरले साधारण तारेखमा छाडेर मुद्दामा पुर्पक्ष गर्न आदेश दिएको हो ।

त्यस्तै साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी रामकुमार केसीलाई भने उच्च अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

सुन तस्करी र सनम शाक्य हत्यालगायतको अभियोगमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाए पनि अभियुक्तले उच्च अदालतमा अपिल गरेका थिए । यसअघि गत शुक्रबार उच्च अदालतले एसएसपी दिवेश लोहनीलाई पनि साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment