+
+
WC Series
Won Nepal
129/2 (15.5)
VS
Nepal win by 8 wickets
UAE
128/8 (20)
Shares

२ महिनाभित्र अनलाइन सेयर कारोबारः सीईओ साउद

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते १७:३७

१ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन ट्रेडिङ २ महिनाभित्र पूर्ण रुपमा शुचारु हुने बताएका छन् । सोमबार अनलाइन ट्रेडिङको बारेमा जानकारी दिन बोलाइएको पत्रकार सम्मेलनमा बोल्दै नेप्सेका सीईओ साउदले बढीमा २ महिनाभित्र अनलाइन कारोबार शुरु हुने बताए ।

गत असार मसान्तदेखि नै अनलाइन सेयर कारोबार शुरु गर्ने नेप्सेको तयारी रहे पनि त्यस अवधिमा आएका विभिन्न समस्याका कारण केही ढिलाइ हुन गएको उनले बताए । कात्तिक मसान्तसम्म अनलाइन कारोबार जसरी पनि शुरु हुने दावी गर्दै सीईओ साउदले अनावश्यक हल्लाको पछाडी नलाग्न सबैलाई आग्रह गरे ।

‘अनलाइन शुरु हुनेमा विभिन्न सञ्चार माध्यमहरुले अनिश्चित भनेर समाचार लेख्नु भएको छ, त्यो गलत हो’, साउदले भने, ‘अनलाइन सञ्चालन हुनेमा शंका गर्नु जरुरी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?