गर्भावस्था र प्रसूती आफैमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुजि्रनुपर्ने हुन्छ । भनिन्छ, बच्चा जन्माइसकेपछि महिलाहरुमा मानसिक समस्या देखिन्छन् ।
हालैको एक अध्ययनले बच्चा जन्माईसकेपछि बिश्वका २० प्रतिशत महिलामा मानसिक समस्या देखिने गरेको बताएको छ । त्यस्तै, गर्भवति भएका विश्वका ८० प्रतिशत महिला छोटो समयसम्म सामान्य मानशिक समस्यामा हुन्छन् ।
११ देखि २० प्रतिशत महिलालनई पार्टम डिप्रेसनको समस्या हुन्छ । प्रायले गर्भावस्थाको समयमा महिलामा हुने डिप्रेसनको प्रमुख कारण हर्मोन परिवर्तनलाई मान्छन् । तर, यसबाहेक परिवर्तित जीवनशैली, आमा बन्दैछु भन्ने डर, उत्सुक्ता, उदासीनता, निरासापन, तनाबजस्ता विभिन्न कारणले यसमा भूमिका खेलिरहेको हुन्छ ।
अनि फस्छन् डिप्रेसनमा

– आर्थिक रुपमा सक्षम नभई गर्भ रहेमा,
– पार्टनर गैर जिम्मेवार, असहयोगी वा अपमानित गर्ने खालको भएमा,
– गर्भावस्था र पछि समाजको उचित साहयता र सहयोग नपाएको अवस्थामा,
– शारीरिक विभिन्न रोगबाट ग्रस्त भएमा,
– बैवाहिक सम्बन्धमा समस्या बल्झदै गएमा,
– परिवारका कुनै सदस्यमा डिप्रेसनकै समस्या भएमा,
– बाँझोपनको उपचार गराएको अवस्थामा
– पहिलो गर्भ तुहिएर गएमा,
– गर्भमा रहेको वच्चाको अवस्था जटिल भएमा,
– महिला हिंसा वा मनमा आघात पार्ने घटना निम्तिएमा,
डिप्रेसनमा गएमा
– गर्भवस्था वा सुत्केरीपछि डिप्रेशनको अवस्थामा पुगेमा जहिल्यै थकान लाग्ने, ज्यान भारी भएर जानेजस्ता लक्षण देखिन्छ ।
– निर्णय लिन अप्ठ्यारो पर्न थाल्छ । वच्चा जन्मेपछि स्याहार गर्न सकिदैन भन्नेजस्ता हिन भावना विकास हुने गर्छ ।
– यस्ता महिला जहिल्यै दुखित अवस्थामा देखिन्छन् । उनीहरुले स्वयमलाई नै नियन्त्रणमा राख्न असमर्थ हुन्छन् ।
– डिप्रेसनमा गएमा जुनसुकै कुरामा दिक्क मन्ने, लगातार उदासीपन रहनेजस्ता समस्या पनि देखा पर्छ ।
– यतिसम्म कि, त्यस्ता महिलले आफ्नै गर्भको शिशुसँग असन्तुष्टि हुन्छन् र गर्भ रहेकोमा पश्चताप गर्न थाल्छन ।
– खाने शैलिमा परीवर्तन हुनुका साथै विस्तारै खानप्रतिको रुचीनै कम हुँदै जान्छ ।
– दिमागमा नकारात्मक सोचाईले मात्र बास गर्न थाल्छ । अस्वभाविक रुपमा मुडमा परिवर्तन हुने गर्छ ।
– यस्ता महिलालाई कि निद्रा निकै कम लाग्छ कित अत्याधिक ।
– रुचीको काममा समेत इच्छा कम हुँदै जान्छ ।
– पटक पटक आत्महत्याबारे सोचाई आउँछ ।
गर्भावस्थामा के गर्ने ?
– गर्भवस्थामा रहेको महिलाले जहिले पनि मनका कुरा खुलेर गर्न आवश्यक हुन्छ । एक्लैभन्दा पनि समूहमा रहने वानीको विकास गर्न आवश्यक हुन्छ ।
– म्ाानसिक तथा आर्थिक रुपमा सक्षम भएर मात्र गर्भाधारण गर्नुपर्छ । र, यस्तो अवस्थामा बिशेषगरी श्रीमानले स्याहारमा ध्यान दिनुपर्छ ।
– डिप्रेशनका केही संकेत देखिन थालेमा मनोचिकित्सकको परामर्शमा औषधीको सेवन पनि गर्न सकिन्छ । मनोविज्ञसगँ नियमित रुपमा थेरापी लिनुपर्ने पनि हुन सक्छ । यसबारे सचेत रहनुपर्छ ।
– गर्भावस्थामा प्रशस्त पानी्को सेवन गर्नपर्छ । गर्भवस्थाको समयलाई सुनौलो एक हजार दिनको रुपमा पनि लिइन्छ । त्यसैले सन्तुलित भोजन, योग, ध्यान, शारिरिक व्यायामलाई समते नियमित गर्नुपर्ने हुन्छ ।
– गर्भावस्थामा आमाले गर्ने हरेक ब्यबहारको प्रत्यक्ष प्रभाव शिशुमा परिरहेको हुन्छ । आमाले राख्ने सोच, गतिविधिले समेत बालबालिकामा सकरात्मक र नकरात्मक असर पुर्याउँछ । त्यसैले यस्तो अवस्थामा अमा शारिरिक, मानसिक र भावनात्मक रुपमा स्वस्थ रहन जरुरी हुन्छ ।
– गर्भावस्थाको महिलालाई तनाबको वातावरणबाट टाढै राख्नुपर्छ । बरु, संगीत सुन्ने, उत्प्रेरणामूलक, आध्यात्मिक पुस्तक पढ्ने वानीको विकास गनुपर्छ ।
लेखक होलिस्टिक माइण्डस एण्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासीमा कार्यरत छिन्
प्रतिक्रिया 4