Comments Add Comment

‘प्रसाद’को ‘लै लै’ गीतमा मनको बेदना पोख्दै विपिन र नम्रता

चलचित्र ‘प्रसाद’को ‘लै लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंसिर २१ गतेबाट रिलिज हुने चलचित्रको यो मार्मिक गीतले श्रोताको मन छुन्छ । यो लिरिकल भिडियोमा चलचित्रका केही तस्बिरहरु समेटिएको छ ।

निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथालाई प्रस्तुत गरिएको यो चलचित्रमा नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठलाई दम्पत्तिको भुमिकामा हेर्न सकिन्छ । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ । चलचित्रमा निश्चल बस्नेतको पनि मुख्य भूमिका छ । केतन क्षत्रीको स्वर रहेको यो गीतमा गणेश शाहीको शब्द, सुवाष भुषालको संगीत छ ।

सुवास थापाको निर्माणमा तयार भएको चलचित्रको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असर निम्त्याउँछ भन्ने देखाउन खोजिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment