‘फूल टिप्दा’को म्युजिक भिडियो सार्वजनिक भएकाे छ । गीतमा गायक ज्ञान सुब्बाको स्वर सुन्न सकिन्छ । गायक सुब्बाको स्वरमा यसअघि बहार तिमि ,यति धेरै माया नदेउ , झुकिएर लाए माया लगायतका गीतहरु बजारमा आइसकेका छन ।
हाङयुग अज्ञातको शब्दमा दिनेश सुब्बाको सङ्गीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् भने मिक्सिङ मीन विष्टको रहेको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा अनिश मगर र रेखा लिम्बूको अभिनय छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई श्याम न्यौपानेले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4