+

चिनी खान भएन ? यी हुन् उपयुक्त विकल्प

२०७५ असोज  ६ गते १५:१६ २०७५ असोज ६ गते १५:१६
चिनी खान भएन ? यी हुन् उपयुक्त विकल्प

पोषणविज्ञ डा. अरुणा उप्रेती भन्ने गर्छिन्, ‘चिनी स्वास्थ्यको लागि हानिकारक छ । त्यसैले चिनीको सेवन कम गरौं, स्वस्थ रहौँ ।’

डा. उप्रेतीले भने जस्तै चिनीको सेवन गर्नै छाड्ने हो भने मिठाई वा जेरीमा गुलियो स्वादचाहिँ कसरी पैदा गर्ने त ? यो पक्कै पनि सोचनीय छ ।

यसो भन्दैमा डराइहाल्नुपर्दैन । चिनीका धेरै विकल्प उपलब्ध छन् , जसलाई खानामा चिनीको सट्टा प्रयोग गर्न सकिने मात्र हैन, खानामा चिनीले जतिकै मिठास पनि पैदा गर्न सकिन्छ । साथै, यसले शरीरलाई पनि कुनै किसिमको हानी तथा नोक्सानी गर्दैन ।

मिश्री

मिश्री आफैमा चिनीको राम्रो विकल्प हो । यसले खानामा मिठास पैदा गर्नुका साथै शरीरलाई पर्याप्त मात्रामा पोषण प्रदान गर्छ । यसमा क्याल्सियम तथा मिनरल्स समेत भरपूर मात्रामा पाइन्छ  ।  रिफाइन्ड नगरिने हुँदा यसले शरीरलाई कुनै प्रकारको हानिनोक्सानी गर्दैन ।

कोकोनट सुगर

कोकोनट सुगरलाई पनि चिनीको राम्रो विकल्प मानिन्छ । नरिवलको रूखबाट निस्कने मिठो तरल पदार्थलाई संकलित गरी कोकोनट सुगर तयार पारिन्छ । नरिवल सुगरमा क्यालोरीको मात्रामा चिनीको जति नै हुने भए पनि यसमा ग्लाइसेमिक इन्डेक्स चिनीभन्दा कम हुने गर्छ । जसका कारण यो सजिलै पच्दछ ।

डेट्स सुगर

खजुरलाई अंग्रेजीमा डेट्स भनिन्छ । खजुर आफैमा मिठासले भरिपूर्ण स्वास्थ्यवर्द्धक फल हो ।  सुकेको खजुरलाई पिसेर चिनीकेा सट्टा प्रयोग गरेको खण्डमा यसल खानामा चिनी जतिकै मिठास पैदा गर्दछ । यसलाई चिया र कफीमा भने प्रयोग गर्न सकिदैन । त्यसबाहेक चकलेट, पेस्ट्री, केक, हलुवा लगायतका विभिन्न परिकारमा यसको प्रयोग गरेमा यसले खानालाई स्वादिलो त बनाउँछ नै हड्डी समेत मजबुत बनाउँछ ।

सखर

माघे संक्रान्तिमा विशेष रुपले प्रयोय गरिने सखर एवं चाकुलाई रिफाइन्ड  गरिदैन । त्यसैले यसले शरीरलाई भिटामिन, मिनरल्स लगायतका पोषण तत्व प्रदान गर्दछ  । यसले शरीरमा ताप  उत्पन्न गर्ने हुँदा  रुघाखोकी तथा ज्वरोमा यसले शरीरलाई विशेष फाइदा पुर्‍याउँछ ।

ताजा मह

प्रशोधित मह बजारमा सजिलै किन्न पाइन्छ । धेरैजसो मानिसहरूले यस्ता महलाई तौल कम गर्नका लागि सेवन गरेको पाइन्छ । जब कि तौल कम गर्नका लागि प्रशोधित महको सट्टा ताजा मह निकै लाभदायक मानिन्छ । यसले खानामा मिठास समेत पैदा गर्छ ।

मह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?