+
+
Shares

सेयर बजारमा १० अंकको गिरावट, कारोबार रकम ५७ करोडमा खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते १५:३६

११ असोज, काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक १० दशमलव ५६ अंकले ओरालो लागेको हो । यस अघि बुधबार पनि सेयर कारोबारमा गिरावट देखिएको थियो । गत मंगलबार २२ अंकभन्दा बढीले बढेको नेप्से परिसूचक बुधबार २ अंकले ओरालो लागेको थियो ।

बिहीबार १० दशमलव ५६ अंकले घटेर नेप्से परिसूचक १ हजार २ सय ६७ दशमलव १८ अंकमा आइपुगेको छ । यस अघिको कारोबार भन्दा बिहीबारको कारोबार रकममा भारी अंकको गिरावट देखिएको छ । गत मंगलबार करिब सवा अर्ब रुपैयाँको कारोबार भएको थियो । तर, बुधबार भने अर्ब रुपैयाँ पनि कारोबार पुगन सकेन ।

बिहीबार भने कारोबार रकम ५७ करोड रुपैयाँका खुम्चिएको छ । दिनभरमा भएका ६ हजार ६ सय ५७ कारोबारबाट २१ लाख ९६ हजार ९ सय २६ कित्ता विभिन्न कम्पनीका सेयरहरु खरिद बिक्री भएका छन् ।

जसअनुसार कारोबार रकम भने ५७ करोड ३८ लाख २० हजार ९ सय ६६ रुपैयाँमा खुम्चिएको छ । बुधबार भने ९० करोड भन्दा बढी रकमको सेयर कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?