+
+
Shares

इलेक्ट्रिक कम्पनी कब्जा प्रकरणः दुई उपसचिव पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते १७:४८

११ असोज, काठमाडौं । कीर्ते गरेर करिब ७० करोड रूपैयाँ बराबरको इलेक्ट्रिक कम्पनी कब्जा प्रकरणमा मुछिएका दुई उपसचिव पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत् उपसचिव धर्मराज रोकाया र गंगाधर पौडेल छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।

उनले भने, ‘शंकर ईलेक्ट्रिकल इन्डष्ट्रिज प्रा.लि. का सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराइ स्वामित्व हस्तान्तरण गरेको भन्ने आधारमा खटिएको टोलीले उनीहरुलाई बुधबार बबरमहलबाट पक्राउ गरेको हो ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा उनीहरुको मिलेमतोमा भारतीय नागरिक राम निरञ्जन जटियाको शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रा.लि. नामको कम्पनी रामेछापका जीतबहादुर मगरको नाममा नामसारी गरेको पाइएको थियो ।

प्रकरणमा संलग्न अन्य ४ जना कर्मचारी यसअघि नै पक्राउ परेका थिए । सहायक रजिष्टार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, आईटी शाखामा करारमा कार्यरत् आशिष महर्जन र पुष्पकला राई पक्राउ परेका थिए भने उनीहरु धरौटी तिरेर छुटिसकेका छन् ।

उनले थप अनुसन्धान भइरहेको बताए ।

यो पनि पढ्नुस् 

कीर्ते गरेर ७० करोडको इलेक्ट्रिक कम्पनी कब्जा !

इलेक्ट्रिक कम्पनी कब्जा प्रकरणः दुई उपसचिव पनि मतियार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?