+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

‘किस सिन’ किन गर्दैनन् सलमान ? दिए यस्तो तर्क

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते ९:२७

अहिले कुनै पनि बलिउड फिल्ममा किस सिन अत्यावश्यक र सामान्य मानिन्छ । तर, एक जना सुपरस्टार यस्ता छन्, जो किस सिन भनेपछि तर्किन्छन् । उनी हुन् सलमान खान । सलमानले कुनै पनि फिल्ममा आफूले किस सिन नदिने भनेर घोषणै गरेका थिए, र त्यसमा अहिलेसम्म अडिग छन् । हालै आफ्नो नयाँ फिल्म ‘लवयात्री’ को प्रमोसनका क्रममा आयोजित एक पत्रकार सम्मेलनमा यो विषय निस्कियो । जवाफमा सलमानले किस सिन फिल्ममा अत्यावश्यक नहुने प्रतिक्रिया दिए ।

कुनै पनि फिल्म परिवारका सदस्यहरु सँगै बसेर हेर्न मिल्ने हुनुपर्ने उनको तर्क थियो । उनले आफ्नै परिवारको उदाहरण दिँदै भने, ‘हामी परिवार सँगै टिभी हेरेर बस्दा कुनै अश्लिल सिन आयो भने सबैलाई असहज हुन्छ । त्यतिबेला कि अर्कोतिर फर्किनुपर्छ कि रिमोट थिच्नुपर्छ । अरु परिवारमा पनि सायद यस्तै हुन्छ होला । म चाहन्न कि मैले खेलेका कुनै फिल्म टिभीमा आउँदा दर्शकले च्यानल बदल्नु परोस । साथै दर्शकले परिवारसहित मेरो फिल्म हलमा आएर हेर्ने खालको हुनुपर्छ ।’

सलमानले कुनै पनि फिल्ममा नायिकासँग इन्टिमेट सिन दिन आफूलाई गाह्रो हुने गरेको पनि सुनाए । पहिलो फिल्मको घटना संझिदै उनले भने, ‘मैने प्यार कियाको सुटिङका क्रममा मैले नायिका भाग्यश्रीलाई शरीरमा बाम लगाइदिनुपर्ने दृष्य थियो । त्यो दृष्यको सुटिङ गर्दा मैले लाजले आँखा उघार्नै सकेको थिइनँ ।’

सलमानले अश्लिल सिनको सहायताले फिल्म चलाउने पक्षमा आफू नरहेको बताए । उनले भने, ‘अश्लिल सिनबिना नै मेरा फिल्म हिट भइरहेका छन्, भोली पनि हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?