Comments Add Comment

आईजीपी खनाललाई बर्खास्त गर्न सत्तारूढ दलको भातृ संगठनको माग

१८ असोज, काडमाडौं । नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएकाे छ ।

बिहीबार दिउँसाे गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनाललार्इ बर्खास्त गर्न माग गरेका हुन् ।

सत्तारूढ दलका दुर्इ भातृ संगठनले जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालार्इ प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलार्इ तत्काल बर्खास्त गर्न गर्नु पर्ने उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका मूल कारक बम दिदीबहिनी, एसपी र दसी प्रमाण मेट्ने अन्य प्रहरीमाथि पनि अनुसन्धान केन्द्रीत हुनु पर्ने माग गरिएको अखिलका नेता आरसी लामिछानेले बताए ।

उनीहरूले निर्मला हत्याकाण्डको छानविन समितिले निलेको निष्कर्ष सार्वजनिक गर्न समेत माग गरेका छन् ।

यो पनि पढ्नुस् 

‘गृहबाट थिचिएका’ आईजीपीसँग प्रधानमन्त्री असन्तुष्ट

पाँच प्रहरीको निलम्बनमा गृहमन्त्री र आईजीपीको मत बाझियो

‘प्रहरी मजबुत भएको छ, अपराध घटेको छ’: अार्इजीपी

आईजीपी बनेपछि गुमनाम भए सर्वेन्द्र

सर्वेन्द्र खनाल: ‘म्याच फिक्सिङ’को पर्दाफासदेखि घैंटे इन्काउन्टरसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment