+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते १७:०९

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास समितिमा विहीबार पत्रकार र सञ्चारकर्मीलाई अपमानित गरेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्- समितिको बैठकमा मन्त्री बास्कोटाले अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक छ । मन्त्री बास्कोटाले पत्रकारहरुलाई ‘दशैँ आएको छ, खर्च पुगेन भने लिन आउनु भनी दिएको अभिव्यक्तिले आम पत्रकारहरुको अपमान भएको छ ।

महासचिव विष्टले अगाडि भनेका छन्- ‘जिम्मेवार मन्त्रीबाट यस किसिमको अभिव्यक्ति आएकोमा महासंघ कडा शब्दमा भर्त्सना गर्दछ ।’

सरकारी विज्ञापनमा सरकारी सञ्चारमाध्यमलाई प्राथमिकतामा राखिएको भन्दै पत्रकार महासंघले त्यसको पनि विरोध गरेको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चार माध्यमहरुलाई प्राथमिकतामा राखेर दिनु भनी सबै मन्त्रालय, तिनका निकायहरु तथा संवैधानिक निकायहरुमा पत्राचार गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘सरकारी विज्ञापनमा सबै सञ्चार माध्यमको समान पहुँचका लागि समानुपातिक विज्ञापन वितरणको प्रक्रिया अघि बढिरहेका बेला यस्तो किसिमको पत्राचार हुनु उचित नभएको महासंघको ठहर छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारी सूचना सरकारी सञ्चार माध्यमलाई प्राथमिकतामा राखेर दिनू भन्ने पत्राचारले नियन्त्रित सूचनाको प्रवाह हुने खतरा रहने र त्यसले प्रेस स्वतन्त्रतालाई नै कुण्ठित बनाउने महासंघको ठहर छ ।’

महासंघले सिंगो प्रेसजगतप्रति आक्षेप र अपमानजनक व्यवहार बन्द गर्न र सबै सञ्चार माध्यमप्रति समान व्यवहार देखाउन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?