+
+
Shares

४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते १६:४४

२५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयको टोलीले ४० हजार घुस रकमसहित साहलाई पक्राउ गरेको हो ।

साहलाई अख्तियारले वीरगञ्ज-१४ चिनीमिल स्थित क्वार्टरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ विजबनियामा रहेको श्री नेरा माविको निर्माणाधीन भवनको तेस्रो किस्ता निकासाका लागि साहले घुस रकम मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?