+
+
Shares

पर्साबाट ४८ किलो गाजा र २१ किलो चरेससहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते १२:५७

२६ असोज, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले झण्डै ४८ किलो गाजा र २१ किलो चरेश सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरका मनहरी गाउँपालिका ४ डिल्लीपुर बस्ने ५२ बर्षका वीरबहादुर मोक्तान र पलाँसे गाउँपालिका ३ सरिखेतका ४४ बर्षका सूर्यबहादुर स्याङ्तानलाई गाजासहित नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरबाट खटिएको टोलीले पटेर्वासुगौली गाउँपालिका १ सोनवर्षाबाट उनीहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

‘पश्चिम जंगलतिरबाट पूर्व गाउँतिर ८/९ जनाको संख्यामा टाउकोमा नाम्लो लगाई ढाडमा बोरा बोकेर आईरहेका रहेछन्’ उनले भने ‘प्रहरीले रोक्न खोज्दा अन्य व्यक्तिहरु बोरा छोडेर भागेकोमा दुईजना भने पक्राउ परेका छन् ।’ उनले पक्राउ परेकाहरु गाजा तस्कर नभएर भरिया मात्रै भएको बताए ।

मकवानपुरबाट झोलामा गाँजा लिएर आउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको प्रहरी निरीक्षक आशिष अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?