+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
66/4 (12.1)
Shares

सप्तरीमा प्रहरी प्रमुखकै निवास छेउ महिलाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २ गते १७:१७

२ कात्तिक, सप्तरी । शुक्रबार यहाँ एक जना एकल महिलाको हत्या भएको छ ।

राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्य अवस्थामा शुक्रबार बिहान उनको शव फेला परेको हो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ ।

रगत लागेको इँटा प्रहरीले बरामद गरेको छ । शव परीक्षणका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?