Comments Add Comment

सम्झनामा एउटा असम्भव काम !

मान्छेहरुले मलाई भनेका थिए, त्यो समय स्पेनको टिम सम्हाल्नु भनेको सबैभन्दा खतरनाक काम हो । तर, मेरो योजना फरक थियो ।

स्पेनको खेल निकै भिन्न थियो । एकेडेमी लेभलदेखि नै बनेर आएका खेलाडीहरु राम्रा थिए । धेरै कुराहरु हाम्रै पक्षमा थिए । त्यही बेला स्पेन युरोपियन च्याम्पियन पनि बनेको थियो ।
च्याम्पियन भएर स्पेन टिममा दबाव थिएन । कस्तो भने केकको माथि राखेको चेरी जस्तो भएको थियो ।

त्यो बेला सबै खेल घरमा एक्लै बसेर आरामले हेरेको थिएँ । स्पेन टिममा के होस्, कसरी अघि बढ्नुपर्छ भन्ने एउटा चित्र आफ्नो दिमागमा बनाउँदै खेल हेरिरहेको हुन्थें ।

जर्मनीविरुद्ध फर्नान्डो टोरेसले गरेको विजयी गोल र मान्छेहरु कराएको आवाज अझै मैले सम्झिरहेको छु ।

यसैले लागेको थियो, आफूले बनाएका योजनाहरु सही बनाउन यी भन्दा राम्रा खेलाडी र यो भन्दा राम्रो समय अर्को हुँदैन भन्ने मलाई लागेको थियो ।

त्यो बेला प्रशिक्षक लुइस एरागोन्सले निकै राम्रो काम गरेका हुन् । म पनि उनले बनाएको तरिका परिवर्तन गर्ने होइन कि त्यसमा केही नयाँ कुरा थप्ने योजनामा थिएँ । पूर्व प्रशिक्षकले भनेका कुराहरुलाई सँगै लैजाँदा खेलाडीहरुको सम्मान पाइन्छ भन्ने पनि मैले बुझेको थिएँ । उनीहरु च्याम्पियन बनेको तरिका परिवर्तन गर्न आवश्यक पनि थिएन ।

सबैभन्दा अप्ठ्यारो कुरा केही खलाडीको स्थानमा नयाँ खेलाडीलाई ल्याउन थियो । उदाहरणका लागि युरो कप जित्दा निकै राम्रो खेलेका मार्कस सेन्नालाई हटाएर उनको स्थानमा सर्जियो बुस्केट्सलाई राखिएको थियो ।

२००९ सम्म नै टिममा राम्रो गरिरहेका सेन्नालाई बाहिर राख्न सजिलो थिएन । मलाई लागेको थियो, सेन्ना राम्रा छन् तर उनले भन्दा धेरै योगदान बुस्केट्सले गर्न सक्छन् ।

स्पेनिस फुटबलले नौलो उपलब्धी हासिल गरेको थियो । तर, अरु राम्रा टिमहरुसँगको भिन्नता त्यति ठूलो थिएन । जित र हारको नतिजामा सानो धागोको मात्र फरक थियो ।

नभन्दै भयो त्यस्तै । विश्वकप २०१० को पहिलो खेलमा नै हामी स्वीट्जरल्याण्डसँग १-० ले पराजित भयौं । हारेपछि केही खेलाडीले मलाई भनेका थिए, ‘हामीले राम्रो खेलेका हौं ।’

मैले त्यो खेल दोहोर्‍याएर हेर्दा पनि देखें, खेल राम्रो नै भएको हो । हाम्रो तरिकामा प्रेसर लिएर त्यस्तो केही परिवर्तन गर्नु पर्ने छैन । त्यही तरिकाले हामीले त्यसपछि जित निकाल्दै गयौं । मैले खेलाडीलाई भनेका थिएँ, हामीले ६ खेल जित्यौं भने हुन्छ ।

स्वीट्जरल्याण्डसँग बुस्केट्सको खेललाई लिएर राम्रो प्रतिक्रिया आएको थिएन । तर, जाभी एलन्सो र बुस्केट्स ब्याकबोन हुन् भन्ने मैले बुझेको थिएँ । उनीहरुले मिडफिल्डमा होल्ड गर्ने मात्रै होइन सबै काम राम्ररी गरिरहेका थिए ।

सेमिफाइनलमा जर्मनसँग खेल्नुअघि हामी आरामले नै अघि बढिरहेका थियौं । जर्मनविरुद्ध पनि फिलिम ल्हामलाई याद गरेर हामीले डिफेन्सिभ खेल्यौं र जित्यौं ।

अब विश्व विजेता हुन हामीसँग एक खेल बाँकी थियो । त्यसअघि धेरैले प्रयास गरेर असफल भएको विश्व विजेताको यात्रामा हामीले नेदरल्याण्ड्सलाई हराउन बाँकी थियो । युवा टिम जितको लागि जस्तोसुकै मेहनत गर्न तयार थियो ।

नेदरल्याण्ड्समा निकै अनुभवी खेलाडीहरु थिए । उनीहरुको टेक्निल र प्लेइङ स्टाइल पनि अब्बल थियो । उनीहरु तेस्रो पटक विश्वकप फाइनलमा पुगेको र त्यसअघि पनि जित्न नसकेकाले कस्तो मनस्थितिमा थिए भन्ने अडकल गर्न सहज थियो ।

हामीले सक्दो रोकेर फाइनल खेल जब अतिरिक्त समयमा पुग्यो, मलाई लागिसकेको थियो, अब हामीले जित्छौं । नभन्दै आन्द्रेस इनिस्टाको गोलले हामी पहिलोपटक विश्व विजेता बन्यौं ।

गोल गरेपछि खुसीयाली मनाउन व्यस्त हुँदा गोल खाने डर मनमा थियो । अब चार मिनेट रोक्न सकियो भने पुग्छ भन्ने लागेर हामी बलियो बन्यौं ।

अतिरिक्त समयमा पुगेपछि नेदरल्याड्सलाई दबावमा राख्न जेसस नाभासलाई राइट विङमा खेलाएका थियौं । उनको तीब्रताले गर्दा नेलरल्याण्ड्सका डिफेन्डरलाई कठीन भएको थियो ।

विश्वकप जितेको रात हामी राम्ररी निदाएका थिएनौं । विश्वकप जित्नु स्पेनका लागि कति ठूलो कुरा हो भन्ने अनुभव हामीले गरिरहेका थियौं ।

तर, म फुर्किएर धेरै उफ्रिने खालको छैन । खुसी त धेरै नै लागेको थियो । त्यो खुसीलाई आफैंभित्र सञ्चित गरेर रमाइलो मानिरहेको थिएँ । जित्दा धेरै खुसी हुने र हार्दा धेरै दुःखी हुने राम्रो होइन ।

१९८७ मा रियल मडि्रड बी टिम र १९९४ देखि २००३ सम्म रियल मडि्रड सिनियर टिम सम्हालेको भए पनि मानिसहरुले अहिले मेरो नाम लिँदा सम्भिmने त्यही विश्वकप नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment