Comments Add Comment

उखु किसानको ४६ करोड नतिर्ने व्यापारी अग्रवाल पक्राउ

१४ कात्तिक, काठमाडौं । उखुको किसानको ४६ करोड भन्दा बढी रकम नतिरेको अभियोगमा अन्नपूर्ण सुगर मिल्सका मालिक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

गृह मन्त्रालयको आदेशमा बुधबार विहान प्रहरीले त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

अग्रवालले सञ्चालन गरेको सर्लाहीको अन्नपूर्ण सुगर मिल्स प्रालीले उखु किसानको ३८ लाख ६८ हजार बक्यौता नतिरेको उजुरी परेपछि पक्राउ गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

उनकाअनुसार नवलपरासीमा रहेको अग्रवालकै इन्दिरा सुगर एण्ड एग्रो प्रालिले पनि उखु किसानको ८ करोड ५८ लाख रुपैयाँ बक्यौता नतिरेको उजुरी परेको छ । वर्षौदेखि किसानलाई ठगेको देखिएपछि पक्राउ गर्न आदेश दिइएको उनले बताए ।

अग्रवाललाई पक्राउ गरी बक्यौता तिराउन उखु किसानहरुले किटानी जाहेरी नै दिएका छन् ।

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पटक पटक ताकेता गर्दा पनि अग्रवाल सम्पर्कमा नआए थिएनन् ।

किसानहरुले आन्दोलन गर्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आग्रहमा गृहले पक्राउ गर्न निर्देशन दिएको हो । उनीमाथि ठगि र सार्वजनिक अपराधको मुद्धा चल्न सक्ने प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment