+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
२७ बलमा २४ रन आवश्यक
लुम्बिनी लायन्स 2025
88/3 (15.3)
Shares

दाङमा १७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते ११:३२

१५ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउापालिका–१ का २१ वर्षीया दलबहादुर पुन छन् ।

विशेष सुराकीका आधारमा उनलाई रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले अनलाइनखबरलाई बताए ।

उनका अनुसार घटना भएको २१ दिनपछि अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

उनले केही रिचार्ज कार्ड विक्री गरिसकेको भेटिएको छ भने केही कार्डहरु बरामद समेत भएका छन् । उनीमाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?