+

स्वारेज चम्किँदा लिग लिडर बार्सिलोनाको जित

२०७५ कात्तिक  १८ गते ८:०१ २०७५ कात्तिक १८ गते ८:०१
स्वारेज चम्किँदा लिग लिडर बार्सिलोनाको जित

१८ कात्तिक, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे । त्यस्तै, ओसुमाने डेम्बेलेले १ गोल गरे । यता, भालेसानोका लागि भने जोसे पोजो र अल्भारो ग्रासियाले गोल गरेका थिए ।

खेलको ११औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको ३५औं मिनेटमा पोजोले गोल गर्दै भालेसानोलाई १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा खेल सकिएको थियो भने दोस्रो हाफमा बार्सिलोनाले २ गोल थप्दा भालेसानोले १ गोल मात्रै गर्न सक्यो । खेलको ५७औं मिनेटमा ग्रासियाले गोल गरेपछि भालेसानो २–१ गोलले अघि रहेको थियो । तर, भालेसानोले खेलेको अन्त्यतिर आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको थियो ।

८७औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको स्थितिमा पुर्याएका थिए । खेलको ९०औं मिनेटमा बार्सिलोनाका लागि स्वारेजले विजयी गोल गरे । उनले ब्यतिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले खेल ३–२ गोलअन्तरले जितेको हो ।

जितसंगै शीर्ष स्थानमा निरन्तर रहेको बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ भने भालेसानोले ६ मात्रै बनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

8 Stories
८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

- अनलाइनखबर २०८१ असोज १३ गते १३:००
7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०