Comments Add Comment

दीपावलीमा वास्तुशास्त्रको कुरा: घरको सजावटमा यी गल्ती ‘अशुभ’ मानिन्छ

बारीको कान्लामा लहलह सयपत्री फूलेको । लिपपोत गरेर सफासुग्गघर घर । झ्याल-ढोकामा रहरलाग्दो सायपत्रीको माला । बार्दलीमा दियो-बत्ती ।

तिहार देउसी-भैलोको पर्व, झिलिमिलीको पर्व । तर, यसको विशेषता त्यतीमा मात्र सीमित छैन । यो एक आयमिक पर्व हो । जुनसुकै कोणबाट पनि यो पर्वको महत्व दर्शाउन सकिन्छ ।

तिहारमा हामी घर सफासुग्घर गर्छौं । धार्मिक विश्वास के छ भने, यसरी घर सफा गरेर, फूलमालाले सजाएर, दियोबत्ती बालेपछि लक्ष्मीले वास गर्छन् । लक्ष्मी भनेको धनको प्रतिक ।

हो त, सुख-समृद्धि त्यसबेला मात्र आउँछ, जब हाम्रो वासस्थान सफासुग्गघर, झिलिमिली हुन्छ । जीवनको अधिकांश समय गुजार्ने घर नै हाम्रो मन्दिर हो । आफु बस्ने मन्दिर पवित्र हुनैपर्छ । आकर्षक हुनैपर्छ ।

तिहारकै मेसोमा हामी घर सफासुग्घर गर्छौं । घर मात्र होइन, घरमा रहेको सबै सरसामनलाई पनि सफा गरेर सजाउने प्रचलन छ । यसरी सबै कुरा व्यवस्थित र सरसफाई गरिसकेपछि लक्ष्मी पूजा गरिन्छ । त्यसपछि नै, देउसी-भैलोलाई स्वागत गरिन्छ ।

तर, घर सरसफाई गर्ने वा सजाउने क्रममा हामी कतिपय गल्ती गर्छौं, जसलाई ‘अशुभ’ मानिन्छ । झट्ट हेर्दा र सुन्दा हामीलाई यो कुरा आडम्बर जस्तो लाग्छ । ढोंग जस्तो लाग्छ । तर, यस्ता कुराहरुले हामीलाई मनोवैज्ञानिक प्रभाव पारिरहेको हुन्छ । त्यसैले घरको सफाई र सजावटमा केही कुरा ध्यान दिनैपर्छ ।

१. घरको भारी सामान वा अनावश्यक वस्तुहरुलाई घरको दक्षिण पश्चिम भागमा राख्नुपर्छ । अन्य कुनै पनि स्थानमा भारी सामान राख्नु वास्तुको अनुसार अशुभ मानिन्छ । घरमा बाथरुम वा भान्छाको लागि पानीको आपूर्ती उत्तर पूर्वी दिशामा हुनुपर्छ ।

२. घरको मुलढोकामा टुटफुट छ भने त्यसलाई तुरुन्त बनाउनुपर्छ । ढोकामा टुटफुट अशुभ मानिन्छ । घरको फर्निचर पनि सबै सहि हालतमा हुनुपर्छ । वास्तुका अनुसार फर्निचरमा टुटफुटले नराम्रा असर पर्छ ।

३. बिग्रिएको घडी घरमा राख्नुहुँदैन । के विश्वास गरिन्छ भने, घडीको स्थितीमा हाम्रो घर परिवारको उन्नती निर्धारित हुन्छ । यदि घडी सही छैन भने परिवारको सदस्यहरुलाई काम पुरा गर्न बाधा उत्पन्न हुन सक्छ र काम तय गरिएको समयमा पुरा हुँदैन ।

४. घरमा कुनै फुटेको तस्वीर छ भने त्यसलाई पनि घरबाट हटाइदिनुपर्छ । वास्तुशास्त्रका अनुसार यसले पनि वास्तुदोष उत्पन्न गराउँछ । यदि घरमा कुनै इलेक्ट्रोनिक वस्तु खराब छ वा फुटेको छ भने त्यसलाई पनि हटाइदिनुपर्छ ।

५. घर सजाउने क्रममा फुटेको वा चर्किएको ऐना छ भने त्यसलाई नराखौं । वास्तुशास्त्रले यसलाई राम्रो मान्दैन । यो दोषको कारण घरमा नकरात्मक उर्जा सकि्रय हुन्छ र परिवारको सदस्यहरुलाई मानसिक तनावको सामना गर्नुपर्छ भनिएको छ ।

६. फुटेको भाँडा, डिब्बाहरु, बिगि्रएका खेलौना, च्यातिएका कपडा, कामनलाग्ने सजावटका सामान, चुँडेको चप्पल जस्ता अनावश्यक सामानहरु जति सकिन्छ त्यति चाँडो निकाल्नुहोस् । दिपावली गर्दा घरमा अघिल्लो वर्ष बँचेको दियो नबाल्नुहोस् । नयाँ दियो बाल्नुहोस् र दिपावली मनाउनुहोस् ।

७. वास्तुदोष उत्पन्न भएमा घरपरिवारका सदस्यहरुलाई आर्थिक समस्याहरु आइपर्छ । जुन घरमा वास्तुदोष हुन्छ त्यँहा पैसाको कमी हुन्छ । त्यसैले लक्ष्मीपूजा गर्नुभन्दा पहिले नै यी दोषहरुको निवारण गर्नुपर्छ ।

८. दाम्पत्य सुख-शान्ति नभई घर समृद्ध हुँदैन । दाम्पत्य सुखका लागि घरको वस्तुस्थितीले पनि भूमिका खेल्छ । दम्पतीको सयन कक्षामा खासगरी भाँचिएको, टुक्रिएको पलङ राख्नु शुभ मानिदैन । यस्ता पलङ पनि परिवर्तन गरेकै वेश हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment