+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

घडिअर्वा छठघाटमा सीसीटीभी जडान गरिने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते १३:०८

१८ कात्तिक, वीरगञ्ज । विगतका वर्षमा जस्तै वीरगञ्जको घडीअर्वा छठघाटको शान्ति सुरक्षाका लागि सीसीटीभी क्यामरा जडान गरिने भएको छ । छठघाट परिसरको सुरक्षाका लागि १ दर्जन सीसिटीभी क्यामेरा जडान गर्न लागिएको हो ।

छठपूजा व्यवस्थापन समिति अन्र्तगतको सुरक्षा उपसमितिका संयोजक प्रभाकर गुप्ताले सुरक्षाका लागि घडीअर्वा पोखरी परिसरमा एक दर्जन सीसीटीभी क्यामेरा जडान गर्न लागिएको जानकारी गराए ।

‘भीडभाडमा उछृङ्खल गतिविधि गर्नेहरु पनि सक्रिय हुन सक्छन् । त्यसैले परिसरको निगरानीका लागि सिसिटीभी क्यामेराबाट निगरानी गर्ने तयारी थालेका छौं,’ उनले भने ‘कुनै पनि अपराधिक घटना नहोस भनेर हामीले सुरक्षा निकायसँग समेत समन्वय गरेका छौं ।’

निकै आकर्षक ढंगको सजावट हुने घडिअर्वा छठ घाटमा ब्रतालुहरु मात्रै नभएर छठको अवलोकनका लागि समेत हजारौं सर्वसाधारण पुग्ने गरेका छन् । अत्याधिक भीडभाड हुने भएकाले विशेष सुरक्षा सर्तकता अपनाउनुपर्ने हुन्छ । त्यसका लागि घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले सुरक्षा निकायका प्रमुख एवं अन्य सरोकारवालासँग सुरक्षा व्यवस्थापनका लागि छलफल गरेको छ ।

सुरक्षा निकायका प्रमुखहरुले वीरगञ्जको घडीअर्वा पोखरीमा छठ पूजाका दिन विशेष सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरुले छठपूजाका दिन छठघाटमा आउने ब्रतालु र दर्शनार्थीलाई ढुक्कले पुजाआजा गर्न र अवलोकन गर्न सक्ने वातावरण निर्माण गर्ने बताएका छन् ।

छठपूजाका दिन घडीअर्वा छठघाट परिसरभित्र र बाहिर आवश्यकताअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक रेवती ढकालले बताए । छठ पूजाका दिन छठघाटमा घडीअर्वा स्पोर्टस् क्लबका तर्फबाट पनि ७० जना स्वंयसेवकहरु परिचालन गर्ने क्लबका अध्यक्ष लखनलाल गुप्ताले जानकारी दिए ।

सम्भावित दुर्घटनालाई मध्यनजर गरी छठघाट परिसरबाहिर एम्बुलेन्स, बारुण यन्त्र र प्राथमिक उपचार शिविर पनि राखिने तयारी गरिएको प्रचार प्रसार उपसमितिका सदस्य प्रणय कुमारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?