Comments Add Comment

बैंकिङ कसुरमा पक्राउ परेका अभियुक्तको मृत्यु

१९ कात्तिक, काठमाडौ । प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ गरेका एक अभियुक्तको मृत्यु भएको छ ।

काठमाडौं प्रहरी परिसरको पत्रअनुसार बालाजु वृत्तले पक्राउ गरेका संखुवासभा घर भइ नेपालटार बस्ने ४८ वर्षीय रविन्द्र ढुंगानाको मृत्यु भएको हो ।

सुरेन्द्र कार्कीको जोहरीले ५ लाख रुपैयाँको बाउन्स चेक सम्बन्धी घटनामा उनलाई परिसर झिकाएर प्रहरीले आइतबार सोधपुछ गरेको थियो ।

‘त्यसक्रममा छलफल गराए पनि उनले रकम दिएनन्’ परिसरका प्रमुख एसएसपी वसन्त लामाले अनलाइनखबरसँग भने, ‘हिरासतमा राखिएको थियो । बिहानै साढे ६/७ बजेतिर उनले असजिलो महसुस गरेपछि वीर हस्पिटल लगिएको थियो ।’

प्रहरीको गाडीमा हस्पिटलसम्म पुर्‍याइएका उनी आफैं हिँडेर अस्पतालसम्म पुगेको प्रहरीको दाबी छ ।

तर, बिहान ११ बजेतिर उनको मृत्यु भयो । काठमाडौं प्रहरी प्रमुख लामाले ढुंगानालाई छारे रोग भएको बताउँदै उपचारका क्रममा अचानक ‘सिभियर एट्याक’ आउँदा मृत्यु भएको बताए ।

तर, मृतकको परिवारले भने ढुंगानाको मृत्यु प्राकृतिक नभएको दाबी गर्दै शव उठाउन मानेको छैन । उनीहरुले सत्य, तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment