+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

तीन पूर्वप्रधानमन्त्रीलार्इ डाकेर सिस्नुपानी देउसी !

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते २२:१३

२० कात्तिक, काठमाडौँ  (रासस) दिपावलीको उपलक्ष्यमा विगत वर्षझैं यसपालि पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति दिए।

देउसी हेर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, विभागीय मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए ।

दर्शक तथा स्रोताले खचाखच भरिएको प्रज्ञा भवनको हलमा प्रधानमन्त्री केपी ओलीको क्यारिकेचरमा कलाकार सीताराम कट्टेल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘क्यारिकेचर’मा मनोज गजुरेल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको ‘क्यारिकेचर’ दमन रुपाखेतीको प्रस्तुतिलाई दर्शकदीर्घाबाट खुबै मन पराइएको अयोजकको भनाइ छ ।

सिस्नुपानी देउसीका अवसरमा उपप्रधानमन्त्री पोखरेलले देशको विकृति विसङ्गतिका विरुद्ध सिस्नुपानी नेपालले सामाजिक आन्दोलन अभियानक चलाएको भन्दै यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक आन्दोलनका अभिन्न अङ्ग बनोस् भनी शुभकामना व्यक्त गरे ।

समाज र राजनीतिक क्षेत्रमा देखा परेका विकृति विसङ्गति छन् भन्दै उनले जुन ठाउँमा विकृति छ, प्रगतिको विरुद्धमा उचिएका कोही प्रवृत्ति र पात्रलाई साँचो अर्थमा सिस्नुपानी बनेर अघि बढ्न आग्रह गरे ।

काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई सुशासनको मार्गमा खबरदारी गर्न सिस्नुपानीको अभियान सशक्त रहेको भन्दै मुलुकमा शान्ति र समृद्धिको दिशामा सरकार र सरोकारवालालाई एकीकृत गराउन अभियानले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

यो पनि पढ्नुहोस् 

सिस्नुपानी देउसी : अरिङ्गालले चिलेर बस्नै दिएन !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?