Comments Add Comment

ह्वाट्सएप नम्बर परिवर्तन गर्दा कसरी सार्ने पुराना डाटा ?

विश्वमा करोडौं स्मार्टफोन प्रयोगकर्ताहरु ह्वाट्सएप प्रयोग गर्छन् । धेरै प्रयोगकर्ताहरु लामो समयसम्म एउटै ह्वाट्सएप नम्बर प्रयोग गर्छन् । तर, कहिलेकाहीँ केही कारणले आफ्ना पुरानो ह्वाट्सएप नम्बर परिवर्तन गर्न चाहन्छन् । यसरी नम्बर परिवर्तन गर्दा पुरानो ह्वाट्सएप नम्बरमा रहेका सबै रेकर्ड, च्याट, मेसेज तथा ग्रुपहरु डिलिट हुन्छन् ।

ह्वाट्सएप नम्बर परिवर्तन गर्दा पुरानो नम्बरका डाटाहरु नमेटिउन् र जस्ताको तस्तै नयाँमा सरुन् भन्ने चाहनुहुन्छ ? यदि एक उपाय अपनाउनुभयो भने त्यो सम्भव हुनेछ ।

यसका लागि पुरानो ह्वाट्सएप नम्बर बदल्न तपाईं Change Number फिचर प्रयोग गर्न सक्नुहुन्छ । यस फिचरको सहयोगले तपाईं आफ्नो ह्वाट्सएप अकाउन्टका जानकारी, ग्रुप तथा सेटिंग्सलाई पुरानो नम्बरबाट नयाँमा सार्न सक्नुहुन्छ ।

यसबाट पुरानो फोन नम्बरको ह्वाट्सएप अकाउन्ट डिलिट हुन्छ । प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप कन्ट्याक्ट लिस्टमा आफ्नो पुरानो नम्बरको अकाउन्ट देख्दैनन् । नयाँ नम्बरवाला अकाउन्टमै च्याट हिस्ट्रीलगायतका डाटा प्राप्त गर्न सकिन्छ ।

ह्वाट्सएपको Change Number फिचर प्रयोग गर्नका लागि सबैभन्दा पहिले आफ्नो नयाँ फोन नम्बरमा कल तथा एसएमएस र डाटा कनेक्सन वा वाईफाई कनेक्सन हुनुपर्दछ । ह्वाट्सएपमा पुरानो नम्बर भेरिफाइड हुनुपर्दछ । त्यसपछि ह्वाट्सएपको मेन्यू बटनमा क्लिक गरी Settings मा गई आफ्नो प्रोफाइल फोटोमा ट्याप गरिसकेपछि आफ्नो भेरिफाइड नम्बर थाहा पाउन सकिन्छ ।

अब टप बक्समा आफ्नो पुरानो फोन नम्बर हाल्नुहोस् । त्यसपछि बटम बक्समा आफ्नो नयाँ फोन नम्बर हाल्नुहोस् । अनि स्क्रिनको माथिल्लो भागमा रहेको म्यलभ मा ट्याप गर्नुपर्दछ ।

त्यसपछि नयाँ ह्वाट्सएप नम्बर भेरिफाइ गर्नुपर्दछ । अनि नयाँ नम्बरबाट ह्वाट्सएप प्रयोग गर्न सकिन्छ । जहाँ पुरानो नम्बरमा भएका सबै डाटाहरु नयाँ नम्बरमा सरेका हुन्छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment