Comments Add Comment

कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा शुरु

२९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार पठाउने राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं बैठक विहिबारदेखि काठमाडौंमा शुरु भएको छ ।  होटल शोल्टीमा शुरु भएको बैठकमा आज पहिलो दिन सदस्य राष्ट्रका उच्च अधिकारीबीच छलफल हुनेछ ।

बैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले गरिरहेका छन् ।  भोलि हुने १२ देशका मन्त्रिस्तरीय बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए । उनका अनुसार मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रम मन्त्री गोकर्ण बिष्टले गर्नेछन् ।

मञ्चमा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, इन्डोनेशिया, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम गरी १२ देश र ८ पर्यवेक्षक राष्ट्र आवद्ध छन् । नेपाल २९ मार्च २०१७ देखि कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रका रुपमा रह्रदै आएको छ ।

सन् २००३ मा श्रीलंकामा आयोजना भएको वैदेशिक रोजगारीका लागि कामदार पठाउने एसियाका स्रोत मुलुकका श्रम आप्रवासन मन्त्रालय स्तरीय परामर्श कार्यक्रम पश्चात यो संगठनको स्थापना भएको हो ।

कोलम्बो प्रोसेस बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र सम्झौतामा आधारित श्रमका विषयमा सम्बन्धित मुलुकबीच छलफल हु्रदै आएको छ । कोलम्बो प्रोसेसको मन्त्री स्तरीय बैठक प्रत्येक दुई-दुई वर्षमा र श्रम सचिव स्तरीय बैठक हरेक वर्ष हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment