+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १२:१०

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् ।

डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै वडादेखि नगरपालिकामा धाउन थालेका हुन् ।

महाकाली नदी तटीय क्षेत्रका महिलाहरुले नदी कटान, सीमा सुरक्षा, सुरक्षित खानेपानी र सिँचाइको समस्या लिएर वडा कार्यालयहरुमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

समुदायमा रहेका विभिन्न समस्या, मुद्दा र सवालहरु उठान गरी समाधानका प्रयासहरुवारे स्थानीय महिलाहरु आवद्ध भएका छन् ।

नेपालकोे दक्षिणी नाका महाकाली नदी परशुराम नगरपालिका वडा नं. ५ र ६ का नदी तटीय समुदायका महिलाहरु महिला सशक्तिकरण केन्द्रमार्फत आवद्ध भइ तटीय समुदायका सवालमा पैरवी अभियान संचालन गरिरहेका छन् ।

स्थानीयस्तरमा गठित बहादुरे र शिवशक्ति महिला सशक्तिकरण केन्द्रमा आवद्ध ६० जना महिलाहरुले सीमा क्षेत्रमा रहेका मुख्य समस्याहरु सुरक्षित खानेपानी, सिँचाइ अभाव, नदी कटान र सिमा क्षेत्रका सुरक्षका विषयका कुरालाई लिएर परशुराम नगरपालिका-५ मा ‘लवीङ्ग मिटिङ्ग’ कार्यक्रम संचालन गरेका छन् ।

‘महाकालीको पानी हेर्नका लागि मात्रै रहेको नदी किनारमा रहेका बस्तीहरुमा खडेरी अभाव, खानेपानीको अवस्था दयनीय रहेकाले रंगुन तथा महाकालीको असुरक्षित पानी खानुपर्ने कुरामा हामीले ध्यानाकर्षणसहितको पत्र वडाअध्यक्षलाई बुझाइ स्थानीय सरकारलाई समस्या दर्साएका छौँ ।’ बहादुरे महिला सशक्तिरण केन्द्र वडा नं. ५ बिसालपुरकी संयोजक माया सिलालले बताइन् ।

ध्यानाकर्षण पत्र बुझ्दै वडा नम्बर ५ का अध्यक्ष मिनबहादुर चन्दले नदी तटीय समुदायले उठाएका मागहरु एकदमै महत्वपूर्ण रहेको र यी मागलाई नगर कार्यपालीकामा राखी सम्बोेधन गर्ने बताएका छन् ।

‘हामी हाम्रा मागहरु लिइ आगामी दिनमा नगर कार्यपालिकाको पनि ध्यानाकर्षण गराउने तयारीमा छौं,’ शिवशक्ति महिला सशक्रिकरण केन्द्रकी अध्यक्ष जानकी सिंहले भनिन् ।

महाकाली नदीका तटीय समुदायमा रुडुकद्वारा संचालित दक्षिण एसियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग (ट्रोसा) परियोजनाले यी कार्यमा सहजीकरण गरी सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?