+

आयुर्वेदिक काइदाः यसरी शरीरको शुद्धिकरण गरौं

२०७५ मंसिर  २ गते १६:४५ २०७५ मंसिर २ गते १६:४५
आयुर्वेदिक काइदाः यसरी शरीरको शुद्धिकरण गरौं

आँखा चिम्लेर सम्झनुहोस् त । तपाईंले आज के-के खानुभयो ? त्यो खाना खाना कहाँबाट आएको ? अहिलेसम्म तपाई कस्तो वातावरणमा बसिरहनुभएको छ ?

अपवादबाहेक हामीले आफ्नो घरबारीमा उब्जाउ गरेको अर्ग्यानिक खानेकुरा खाएका छैनौं । चामल, दाल, तरकारी, मरमसला, दुध, दही, चिनी, जुस, फलफूल सबैकुरा बजारबाट ल्याएका छौं । यी खानेकुरा व्यवसायिक रुपले उत्पादन गरिएका हुन्, जसका लागि रासयनिक मलखाददेखि किटनासक औषधीसम्म प्रयोग भएका छन् ।

हामी जहाँ उभिएका छौं, त्यहाँको वायु शुद्ध नहुन सक्छ । अझ शहरी क्षेत्रको हावापानी निकै दुषित छ ।

हामीलाई केही न केही शारीरिक समस्या पनि होला । त्यसैले केही औषधी सेवन गरिरहेका पनि हुनसक्छ ।

वास्तवमा यी सबै कुराले हाम्रो शरीरलाई विषाक्त बनाउँदै लगेको छ । जब शरीरमा विषाक्त तत्व जम्मा हुन थाल्छ, हाम्रो अनुहारको चमक हराउँन थाल्छ । आँखाको ज्योति हराउन थाल्छ । छालामा समस्या देखापर्छ । कपाल र्झछ । निद्रा लाग्दैन । छटपटी हुन्छ । अपच हुन्छ । यावत् समस्याले ग्रस्त हुँदै जटिल रोगको शिकार बन्न पुग्छौं ।

यी संभावित जटिलताबाट उम्किएर स्वस्थ, निरोगी, तन्दुरुस्त, आकर्षक, उर्जावान् जीवन कसरी विताउने त ?

यसका लागि आवश्यक छ, शरीरको शुद्धिकरण ।

कसरी गर्ने शरीरको शुद्धिकरण ? यसका आयुर्वेदिक विधी छ, जो सरल र प्रभावकारी पनि छ ।

यो एक विशेष प्रकारको आहार शैली हो, जो हाम्रो शरीरमा संचित विषाक्त तत्वलाई बाहिर निकालेर शुद्ध गर्छ । यो सुपाच्य हुन्छ । यसको सेवनले हाम्रो पाचन यन्त्रलाई विश्राम मिल्छ । विजातीय तत्व र शरीरबाट त्यसलाई निष्कासन गर्नमा सक्रिय रहन्छ । खासमा यो आहार हाम्रो पुरा शरीरबाट विजातीय तत्वबाट मुक्त राख्नमा सहयोगी हुन्छ ।

शरीरबाट यी विषाक्त तत्वलाई मुक्त गर्न किन आवश्यक छ ?

किनभने हाम्रो वतावरणमा विभिन्न किसिमका विषाक्त पदार्थ उपस्थित छ । विभिन्न प्रकारको खानेकुराले पनि हाम्रो शरीरमा यस्ता विषाक्त तत्व उत्पन्न गर्छ । यसले गर्दा हामीले स्वस्थ्य जीवनचर्या अपनाउन सक्दैनौ र स्वास्थ्यका लागि अनुकुल भोजन गर्न पाउँदैनौ ।

यसका अतिरिक्त वातावरणमा उपस्थित विकिरण तथा मानसिक तनावले पनि शरीरमा प्रतिकुल असर गर्छ । साधरणतय हाम्रो शरीर तन्त्र यस विष संचयनलाई निष्कासित गर्नमा सक्षम हुन्छ र यो दैनिक प्रक्रियाको रुपमा दैनिक निष्कासन हुन्छ । तर, यो पूर्ण रुपले नहुन सक्छ । वा यस शुद्धिकरण प्रक्रियाप्रति हामी उदासिन रहन्छौ ।

यदी हामी आफ्नो जीवनको जैविक घडी अनुसार चल्ने र प्राकृतिक जीवनयापन गर्ने हो भने यो विजातीय तत्व निष्काषित पूर्ण रुपले हुन्छ । पर्याप्त पानी पिउने, योग-व्यायाम गर्ने, शरीरबाट मल वा पसिना निकाल्ने कामले शरीर शुद्धिकरणको प्रक्रियामा सक्रिय हुन्छ । आयुर्वेदको अवधारणा भने केही फरक छ । जस्तो कि, तपाईं सही आहार लिनुहुन्छ भने यसले सघाउ पुर्‍याउन सक्छ ।

 

कति पटक शरीरलाई शुद्धिकरण गर्न सकिन्छ ?

यो कुरा तपाईंको शरीरमा संचित विषाक्त तत्वको मात्रामा निर्भर गर्छ । साधारणतय यो प्रक्रिया हरेक तीन महिनामा एक पटक गर्नु राम्रो हुन्छ । कतिपयका लागि त यो एक बर्षमा एक पटक गर्नु पनि पर्याप्त हुनसक्छ ।

यो विभिन्न प्रकृतिका लागि अलग अलग हुन्छ ? यसलाई सेवन गर्ने आधार के हो ?

शुद्धिकरण आहार दुई प्रकारको हुन्छ । यसमा पहिलो आहार साधारणतय सबै व्यक्तिका लागि लाभप्रद हुन्छ । अर्थात यसलाई जो कोहिले लिन सक्छन् । दोस्रो आहार मानिसको शरीरमा उपस्थित विजातीय तत्वको मात्रा वा शरीरको कुन अंगमा त्यो जम्मा भएको छ त्यही अनुसार तय गर्न सकिन्छ ।

यसमा शरीरको प्रकृतिलाई पनि ध्यानमा राखिन्छ । यसका लागि शरीरमा कुन प्रकारको विषाक्त तत्व संचित छ तथा त्यसको मात्रा कति छ भन्ने कुरा थाहा पाउनुपर्छ । सामान्यतय आयुर्वेदिक चिकित्सकले नाडी परीक्षणबाट वा अन्य परीक्षणबाट यो कुरा थाहा पाउन सक्छन् ।

यसमा कुन प्रकारको भोजन लिनुपर्छ ?

जीर्ण रोगले ग्रस्त व्यक्तिका लागि एक साधरण भोजन शैलीले लाभ हुँदैन । उनीहरुका लागि विशेषज्ञद्वारा विशिष्ठ आहार तय गरिन्छ । विषाक्त पदार्थको निष्कासनका लागि एक उपचार पद्धती हो, जसलाई पंचकर्म भनिन्छ । यस पद्धतीमा विभिन्न आहार सम्मिलित गरिन्छ । यस आहारमा अधिक संचित मललाई निष्कासन गर्नमा जोड दिइन्छ । मधुमेह रोगीले भने यसका लागि चिकित्सकसँग केही परामर्श गर्नुपर्छ ।

यहाँ हामी जुन आहार बताउँदैछौ, त्यो एकदम सुरक्षित छ । र, यसलाई जो कोही व्यक्तिले अपनाउन सक्छन् । आफ्नो व्यक्तिगत शारीरिक अवस्था अनुसार त्यसमा केही परिवर्तन गरे पनि फरक पर्दैन ।

यस आहारमा पहिलो तीन दिन फल, फलको रस, तरकारी वा तरकारीको रस सेवन गर्नुपर्छ । यी सबै काचो हुनुपर्छ, पकाउनको जरुरत हुँदैन । यो हल्का र सुपाच्य हुन्छ । यसले विषाक्त तत्वलाई निष्कासन गर्छ ।

तीन दिनपछि पल, तरकारी वा यसको रसका साथै विस्तारै पकाएको खानेकुरा खान सकिन्छ । यसमा सुप, मुग दाल, वा अन्य दाल सेवन गर्न सक्नुहुनेछ । यसका साथसाथै खिचडी पनि सामेल गर्न सकिनेछ । यो दश दिनको लागि एक सन्तुलित आहार तालिका हो, जसलाई जो कोहीले अपनाउन सक्छन् ।

मधुमेह रोगीले फलको स्थानमा केवल तरकारी वा तरकारीको रस पनि लिन सक्छन् । यदी तपाईको शरीर अनुहार हरेक तीन घण्टाको अन्तरालमा केही खानुपर्ने अवस्था भए, सोही अनुसार आहार व्यवस्थापन गर्न सकिन्छ ।

अर्को किसिमको आहार तालिका पूर्ण रुपले व्यक्तिगत हुन्छ, जसको लागि कुनै योग्य आहार विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

यस किसिमको आहारलाई कति समयसम्म, कति अन्तरालमा पुन अपनाउनुपर्छ ?

यस आहार तालिकालाई प्रत्येक तीन महिनापछि दश दिनका लागि अपनाउन सकिन्छ । अर्थात एक वर्षमा चार पटक हामी यसलाई प्रत्येक ऋतु परिवर्तनको क्रममा अपनाउन सक्छौं । ऋतु परिवर्तनको समयमा हाम्रो शरीरमा केही परिवर्तन हुन्छ । भोजनमा पनि केही बदलाव हुन्छ । यस समय शरीरमा विषाक्त तत्व संचय हुने संभावना बढी हुन्छ ।

यी आहारपछि के हामी आफ्नो परम्पारगत भोजन शैलीमा र्फकन सक्छौं ?

राम्रो त के हुन्छ भने विस्तारै वा क्रमस हामी पुरानो भोजन शैलीमा र्फकनुपर्छ । तर, हाम्रो खानपान सधै स्वस्थ्यवर्द्धक हुनुपर्छ । सुपाच्य हुनुपर्छ । हाम्रो शरीरले सबै किसिमको खानेकुरा ग्रहण गर्दैन । पचाउँदैन । आफ्नो आहार चयन गर्ने समयमा यो कुरामा ख्याल गरौं कि, त्यो खानेकुरा स्थानिय उपज हो, प्राकृतिक हो, राम्ररी पकाइएको हो, ताजा हो र रसायनमुक्त हो ।

तर, पुरानै खानपान शैलीमा र्फकने भन्दैमा जथाभावी वा जस्तोसुकै खाना सेवन गर्दा शरीर थप विषालु बन्छ ।

यस प्रकारको भोजन शैली अपनाउँदा के फाइदा पुग्छ ?

तपाईंको पचनशक्तिमा सुधार हुन्छ । निद्रा राम्ररी लाग्छ । छाला सफा हुन्छ, सुन्दर हुन्छ । चम्किलो हुन्छ । शरीरमा उर्जाको स्तर बढ्छ ।

जब अपचको समस्या हुन्छ, निद्रा राम्ररी लाग्दैन, छालामा समस्या देखापर्छ, कम्मर वा जोर्नीमा दुखाई हुन्छ, कपाल र्झछ, आँखामा समस्या हुन्छ । कतिपय अवस्थामा अन्य शारीरिक रोगले पनि यस्तो हुन्छ । तर, त्यसो होइन भने शरीरमा विषाक्त तत्व बढी भयो भन्ने बुझ्नुपर्छ ।

आयुर्वेदलाई अपनाएर हामी कसरी स्वस्थ्य रहन सक्छौं ?

स्वस्थ्य जीवनका लागि तीन कुरा जरुरी छ, भोजन, स्वस्थ्य जीवनशैली र मनको स्थिती ।

भोजन

स्वस्थ्य रहनका लागि भोजनको एक महत्वपूर्ण भूमिका छ । अतः यो आवश्यक छ कि हामीले ऋतु अनुसार स्थानिय उपजको अधिकतम प्रयोग गर्नुपर्छ । ताजा र रसायनमुक्त भोजन पाचनतन्त्रका लागि उक्तम हुन्छ ।

स्वस्थ जीवनशैली

प्रकृतिमा एक लय छ । दिनका समय कामका लागि, रातको समय विश्रामको लागि । हाम्रो शरीरमा एक जैविक घडी हुन्छ, जो सूर्यको स्थितीको अनुसरण गर्छ । हाम्रो शरीरले जान्दछ कि, कतिबेला काम गर्ने र कतिबेला विश्राम लिने ।

दिनमा हाम्रो शरीरले पोषण प्राप्त गर्छ र राती विषाक्त पदार्थको पाचन वा निष्कासनमा सक्रिय हुन्छ । विशेषगरी हाम्रो कलेजो, पित्तथैलीले रातको समयमा सफाई गर्ने काम गर्छ । यदी कुनै व्यक्ति रातको समयमा सही ढंगले निदाउन सकेन भने उनको शरीरले विषाक्त पदार्थ उन्मुलन गर्न सक्दैन । यसैले जैविक घडी अनुसार जीवन जिउनु आयुर्वेद शास्त्रको प्रमुख विषय हो ।

कतिपय व्यक्ति व्यवसायिक स्थितीको कारण जैविक घडी अनुसार आफुलाई डोहोर्‍याउन सक्दैनन् । उनीहरुले यसबाट हुने क्षतीबाट बच्तका लागि विशेष मार्गदर्शन अपनाउनुपर्छ ।

मनको अवस्था

स्वस्थ जीवनशैलीमा व्यक्तिको मानसिक अवस्थाको महत्वपूर्ण भूमिका छ । जुन सुखद वा दुखत घटनाक्रम हुन्छ, त्यो हाम्रो वशको कुरा होइन । तर, अपि्रय घटनामा हाम्रो प्रतिक्रिया सधै एकनास रहँदैन ।

जब हामी शान्त रहन्छौं, तब यस घटनामाथि क्रोधित र दुखी हुँदैनौ । तर, जब अशान्त भइन्छ, क्रोध बढ्छ । क्रोधको अवस्थामा शरीरको तापमान बढ्छ । जबकी दुखको अवस्थामा हाम्रो तापमान घटेको हुन्छ ।

यो प्रमाणित सत्य हो कि, मनले शरीरलाई प्रभावित गर्छ । मनको भिन्न भिन्नै स्थितीमा दिनभर शारीरिक परिवर्तन भइरहेको हुन्छ । तर, हामी जान्दैनौ कि मनलाई कसरी वशमा राख्ने ? शान्त तुल्याउने ?

हामीले आफ्नो शरीर र मनसँगै जन्म लिएका छौं । शरीरको बारेमा त हामीले थोरै सिक्यौ कि यसलाई कसरी स्वस्थ्य राख्ने ? तर, मनको बारेमा उचित ज्ञान मिलेकै छैन ।

मनलाई सम्हाल्नका लागि सवोत्तम उपाय हो, योग र ध्यान । हाम्रा पूर्खाहरुले योग, ध्यानको विधीबाट मनलाई शान्त तुल्याउने माध्याम पहिल्याएका हुन् । योग, ध्यान, प्राणायामले मनको शुद्धिकरण हुन्छ ।

आयुर्वेदिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’