३ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगाको चिरानखुम्बी घर भइ नयाँ बस्ती बस्दै ३८ वर्षीय गोकुलसिंह कटुवाल छन् ।
बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दका अनुसार ६० ग्राम ब्राउन सुगरसहित उनलाई आफ्नै डेराबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका कटुवालमाथि जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको उनी बताउँछन् । स्रोतका अनुसार कटुवालको साथबाट १ ग्रामभन्दा थोरै परिमाणमा राखेर उनले प्याक गरी विक्री गर्ने गरेका थिए ।
एउटा पोकाको १५ सय रुपैयाँमा विक्री हुने गरेको प्रहरीको भनाइ छ । उनले प्रहरीसँगको बयानमा भने साढे ३ लाखमा त्यो ब्राउन सुगर ल्याएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4