+

स्कटल्यान्ड २०२० युरोकपको प्ले अफमा, फोरेष्टको ह्याट्रिक गोल

२०७५ मंसिर  ५ गते ८:२६ २०७५ मंसिर ५ गते ८:२६
स्कटल्यान्ड २०२० युरोकपको प्ले अफमा, फोरेष्टको ह्याट्रिक गोल

५ मंसिर, काठमाडौं । स्कटल्यान्ड २०२० को युरोकप फुटबलको प्ले अफमा छनोट भएको छ ।

बुधबार बिहान आफ्नै मैदानमा यूईएफए नेसन्स लिग फुटबलमा इज्राइललाई ३–२ गोलअन्तरले पराजित गरेसँगै स्टकल्यान्ड युरोकपको प्लेअफमा छनोट हुन सफल भएको हो । जितसँगै स्कटल्यान्ड लिग ‘सी’ बाट ‘बि’ लिगमा बढुवा भएको छ ।

स्कटल्यान्डलाई जित दिलाउन जेम्स फोरेष्टले ह्याट्रिक गोल गर्दा इज्राइलका बेरम कायल र इरण जहाभीले गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा नै इज्राइलका कायलले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ३४औं मिनेटमा स्कल्यान्डका फोरेष्टले गोल गर्दै बराबरीमा पुर्‍याएका थिए । त्यसपछि खेलको ४३औं र ६४औं मिनेटमा गोल गर्दै फोरेष्टले ह्याट्रिक पूरा गरेका थिए । यता, इज्राइलका लागि खेलको ७५औं मिनेटमा जहाभीले गोल गर्दै ३–२ गोलको स्थितिमा पुर्‍याए पनि हारबाट जोगाउन भने सकेनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय