Comments Add Comment

मिर्गौला खराब पो हुँदैछ कि ? यी संकेतले त्यस्तै जनाउँछ

तपाईको शरीरले तपाईलाई के कस्ता संकेत दिइरहेका छन्, कहिल्यै याद गर्नु भएको छ ? किनकी व्यस्त दिनचर्याका कारण हामी यति धेरै व्यस्त हुन्छौ कि हामी  शरीरले दिएको केही संकेतलाई समेत वेवास्ता गर्न पुग्छौ ।

परिणाम, हाम्रो दिमागले लाखौ सुचनालाई त आफूमा संशोधित गर्छ । शरीरले पनि दिमागले जारी गरेको सुचनालाई आत्मसाथ गरेर लाखौ काम गर्छ । तर कार्य व्यस्तताका कारण शरीरले नै दिएको संकेतलाई भने वेवास्ता गर्छौ । जसका कारण पछि गएर गम्भीर रोगको शिकार हुन्छौ ।  त्यसैले, तपाईहरुको शरीरले पनि यस्ता केही संकेत दिइरहेको छ भने, यसलाई विर्सेर पनि वेवास्ता नगर्नुहोला । किनकी यही संकेतले संकेत दिनसक्छ की तपाईको मिर्गौलाले सही तरीकाले काम गरिरहेको छैन ।

सुत्नमा समस्या

जब मिर्गौलाले राम्ररी काम गर्दैन, तब शरीरको विषाक्त पदार्थ मुत्र नलीबाट बाहिर निस्कन नसकेर रगतमै तैरिने गर्छ । र, रगतमा विषाक्त पदार्थको मात्रा बढी हुन्छ, तब सुत्दा अप्ठेरो महसुस हुन्छ । यही कारणले गर्दा निद्राको कमी भएमा मिर्गौलाको कार्य प्रणालीमा गिरावट आउने गर्छ ।

त्यसैले, मिर्गौला सम्बन्धि गम्भीर समस्या हुने व्यक्तिलाई स्लिप एप्नियाको समस्या हुने गर्छ । स्लिप एप्निया एक प्रकारको विकार हो, जसले गर्दा सुतेको समयमा एकाध पटक सास फेर्नमा कठिनाई हुने गर्छ । र, सास अड्किएको अनभुति हुन्छ । यस्तो समस्या केही सेकेन्डदेखि एक मिनेटसम्म हुनसक्छ । प्रत्येक विराम पश्चात्त श्वास प्रस्वास प्रक्रिया घुराईका साथ सामान्य स्तरमा फर्किने गर्छ ।  यदी घुराई निरन्तर भएमा कम्तीमा एक पटक चिकित्सकीय सल्लाह अवश्य लिनु पर्छ ।

थकान तथा कमजोरी

स्वस्थ एवं सही तरीकाले काम गर्ने मिर्गौलाले शरीरमा भिटामिन ‘डी’लाई परिवर्तित गरेर हड्डी मजबुत सहयोग गर्छ । साथै, एरिथ्रोपोइटिन नामक हर्मोनको स्राव गर्छ । रातो रक्तकोषिका निर्माण यस हर्मोनको महत्वपूर्ण भूमिका हुन्छ । र, जब मिर्गौलाले सही तरीकाले काम गर्दैन तब एरिथ्रोपोइटिन नामक हर्मोनको स्राव कम हुन्छ ।  अक्सिजनको प्रवाह गर्ने रातो रक्तकोषिकाको उत्पादनमै मै र्‍हास आउँछ । परिणामस्वरुप, शरीरको मांसपेशी तथा मस्तिष्कले थकान महसुस गर्छ ।

त्यसैले, मिर्गौलाको समस्या हुनेमा रक्तअल्पत्रा हुनु ‘आम’ हो । २० देखि ५० प्रतिशत मिर्गौलाले काम गर्ने व्यक्तिमा पनि रक्तअल्पत्राको समस्या हुनसक्छ । र, पर्याप्त निद्राका बाबजुद पनि थकावट हुन्छ, र शरीरमा उर्जाको स्तर भई कमजोरी महसुस हुन्छ भने विना ढिलासुस्ती तुरुन्तै चिकित्सकका जानुपर्छ ।

छाला सुख्खा भएमा वा चिलाएमा

स्वस्थ मिर्गौलाले रगतमा भएको विषाक्तलाई हटाएर रातो रक्तकोषिको उत्पादन गर्छ ।  शरीरमा  खनीज पदार्थको स्तरलाई व्यवस्थित राख्न सहायता प्रदान गर्छ ।  जबकी शरीरमा खनीज पदार्थको स्तरलाई कायम राख्न तथा आवश्यक पोषण तत्व प्रदान गर्न छाला सुख्खा हुने तथा चिलाउने गर्छ । जुन मिगौला फेलियरको संकेत हुनुका साथै हड्डी तथा मिर्गौला रोगको कारक हुनसक्छ ।

त्यसैले, छाला सुख्खा हुने तथा चिलाउने समस्या छ भने पर्याप्त मात्रामा पानीको सेवन गरौ । र, छाला चिलाएमा कुनै औषधी लिनु अघि चिकित्सकसित परामर्श गरौ । किनकी केही औषधीमा यस्ता तत्व हुन्छ जसले मिर्गौलाको कार्यमा र्‍हास ल्याई मिर्गौला विर्गान तथा मिर्गौला फेल गराउन सक्छ ।

सास गनाएमा र जिब्रोको स्वाद बद्लिएमा

जब रगतमा विषाक्तमा संचित हुन्छ,  तब भोजनको स्वाद बदलिन सक्छ । र, मुखमा कुनै धातुको स्वाद महसुस हुनसक्छ । किनकी सास गन्हाउनु भनेको रगतमा विषाक्त धेरै हुनुको संकेत हो । त्यसबाहेक, मासु हेर्न मन नलाग्ने तथा खान मन नलाग्ने हुनसक्छ, जसका कारण तौल कम हुने गर्छ ।

हुन त  एलर्जी, औषधीको सेवन तथा मुखको समस्याका कारण पनि खानामा धातुको स्वाद आउन सक्छ । र, यस्ता समस्या सामान्य उपचारद्धारा पनि कम हुन सक्छ । त्यसका बाबजुद पनि यो समस्या रहिरहे तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । किनकी यो मिर्गौला सम्बन्धि रोगको संकेत हुनसक्छ ।

सास फेर्नमा समस्या

मिर्गौलाको समस्या र श्वास प्रस्वास सम्बन्धि समस्या बीच ठूलो सम्बन्ध हुन्छ । त्यो पनि दुई प्रकारबाट ।  पहिलो मिर्गौला सम्बन्धि समस्या भएमा शरीरको अतिरिक्त तरल पदार्थ फोक्सोमा पुग्ने गर्छ । अर्को, शरीरमा अक्सिजनको कमी हुने गर्छ । परिणामस्वरुप श्वास प्रस्वास सम्बन्धि समस्या हुने गर्छ ।

चेतावनी : श्वास प्रस्वास सम्बन्धि समस्या हुनुमा मिर्गौला फेल, फोक्सोको क्यान्सर तथा दम लगायत कयौ कारण हुनसक्छ । तर सानो प्रयास गर्दा पनि सास फेर्नमा कठिनाई हुन्छ भने तुरुन्तै चिकित्सकका जानु पर्छ । किनकी यो मिर्गौलाको समस्या हुनसक्छ ।

हात खुट्टा सुन्निए

मिर्गौलाले सही तरीकाले काम नगरेमा शरीरमा विषाक्तता जम्मा हुने गर्छ । जसका कारण शरीरमा सोडियमको मात्रा बढेर हात, खुट्टा,पैताला  सुन्निने गर्छ । हुन शरीरको तल्लो भाग सुन्निनुमा मुटु तथा कलेजो सम्बन्धि रोग पनि कारक हुनसक्छ । तथापी, औषधी लिएर, नुन कम गरेर पनि यो समस्या कम गर्न सकिन्छ  । यसका बाबजुद पनि यो समस्या रहिरहे यसको बेग्लै उपचार गर्नुपर्छ ।

ढाडको समस्या

मिर्गौलाको समस्याले पनि ढाड दुख्ने समस्या बढाउन सक्छ । यस्तो दुखाई हिप वरिपरि पनि हुनसक्छ । विशेषगरी मिर्गौलामा सिस्ट-(ट्यूमर जस्तै ससाना फोका)भएमा ढाड तथा खुट्टा दुख्ने गर्छ ।

यदी ज्वरो, वान्ता सहित विरामी महसुस भएमा, लगातार पिसाब लागेमा, निरन्तर ढाड दुखेमा तथा ढाड दुख्ने समस्या निश्चित भएमो यो सुनिश्चित गर्न जरुरी छ कि कतै मिर्गाैलाको समस्या त छैन ?

पिसाबको रङ बदलिएमा

पिसाब उत्पादन गर्न तथा रगतबाट विषाक्त हटाउन मिर्गौलाले महत्वपूर्ण कार्य गर्छ । पिसाब गर्ने समयमा बदलाव आउनु , पिसाबको रङ बदलिनु, गन्हाउनु तथा पिसाबको मात्रा तलमाथि हुनुलाई कुनै हालतमा पनि बेवास्ता गर्नु हुँदैन । किनकी यसले पनि मिर्गौला फेल भएको संकेत दिन सक्छ ।

मृगौलालाई प्राकृतिक रुपमै सफा गर्ने यस्तो विधी

हामीले देख्दै, सुन्दै, भोग्दै आएका छौ, मृगौला खराब भएर उपचारका लागि सहयोग जुटाइरहेको । मृगौलाले जब काम गर्न छाड्छ, तब शरीरभित्र विषाक्त पदार्थ जम्मा हुन थाल्छ । यसले अन्य अंगहरुलाई पनि हानी पुर्‍याउँछ । अन्ततः मृत्युको मुखमा पुर्‍याउँछ ।

मृगौलाको उपचार जटिल छ । खर्चालु पनि । त्यही कारण यसले आर्थिक रुपमा टाट पल्टाउँछ । त्यसैले यस्तो रोग लागेर उपचार खोज्नुभन्दा, रोग लाग्न नदिनु नै उत्तम हो ।

मृगौलाको काम शरीरमा रगतलाई शुद्धिकरण गर्ने हो । अतिरिक्त पानीलाई पिसाबको माध्यामबाट बाहिर निकाल्नु हो । रक्तचाप नियन्त्रित राख्न वा शरीरमा रहेको रसायनको स्तर सही बनाएर राख्नु हो । अतः यति महत्वपूर्ण भूमिका भएको मृगौलालाई स्वस्थ्य राख्नुपर्छ । यसका लागि खानपानको खास महत्व छ ।

प्रोटिनयुक्त खानेकुरा

यदि नन भेजिटेरियन हो भने डाइटमा चिकेन, अन्डा, माछा सामेल गरौ । भेजिटेरियन हो भने प्रोटिनले भरपूर खानेकुरा सेवन गरौ । जस्तो, सीमि, अन्न, दुधजन्य पदार्थ आदि ।

नुन एवं सोडियम कम गरौ

उच्च रक्तचाप नियन्त्रण गर्न एक व्यक्तिलाई दिनमा २ हजार ३ सय मिलिग्राम्स सोडियमको आवश्यक्ता हुन्छ । शरीरमा नुन र सोडियमको मात्रा सन्तुलन गर्नका लागि फास्ट फूड एवं फ्रोजन फूड खान हुँदैन । आफ्नो डाइटममा कम सोडियमयुक्त पदार्थ जस्तो कि, नरिवल पानी, करेला, चिकन, माछा, सीमि आदि सामेल गरौ ।

तरल पदार्थको सेवन

शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नका लागि मृगौलालाई तरल पदार्थको आवश्यक्ता हुन्छ । यसका लागि दिनभरमा कम्तिमा डेढदेखि दुई लिटर पानी पिउनुपर्छ । शारीरिक रुपले बढी सक्रिय व्यक्तिले यो भन्दा बढी पानी पिउनुपर्छ । साथै अन्य तरल पदार्थ जस्तो कि, जुसको सेवन गरौ ।

यस कुराको पनि ख्याल गरौं

–  धेरै पेनकिलर प्रयोग गर्दा त्यसको सोझो असर मृगौलामा पर्छ । सकेसम्म पेन किलर्स प्रयोग नगरौ ।

–  यदि मृगौलाको कुनै समस्या छ भने राती सुत्नुअघि केहि दाना किसमिस भिजाएर राख्ने । बिहान उठेपछि किसमिसलाई पानीबाट निकालेर उक्त पानी पिउनुपर्छ । यस्तो क्रम केहि दिन दोहोर्‍याएपछि मृगौलाको रोग ठिक हुन्छ ।

–  रगतमा ग्लुकोजको स्तर बढ्दा मधुमेह जस्तो रोगको खतरा हुन्छ । साथै मृगौलाको आन्तरिक नली पनि नष्ट हुन्छ । यदि उक्त नलीमा हानी भयो भने रगत सही ढंगले फिल्टर हुन पाउँदैन । त्यसैले स्वस्थ्य मृगौलाका लागि मधुमेहलाई पनि नियन्त्रण गरौं ।

– निस्क्रिय जीवनले पनि मृगौलाको समस्या ल्याउँछ । त्यसैले सक्रिय रहने कोशि गरौं । नियमित व्यायाम, योगा, ध्यान गरौं ।

– मसलेदार, अपच हुने, तारेको खानेकुरा सेवन नगरौं । बरु ताजा फलफूल, सागसब्जी सेवन गरौ ।

– मदिराजन्य पदार्थ सेवन नगरौं । शुद्ध पानीको मात्रा बढाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment