Comments Add Comment

बाबुरामले भेटे निर्मलाका आमाबुबा, नयाँ शक्तिका समर्थकले गरे एक लाख सहयोग

१० मंसिर, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

निर्मलाको बुवा यज्ञराज पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ । भट्टराई सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाका बुवालाई भेटेका छन् । साथै नयाँ शक्ति पार्टीका समर्थक अष्ट्रेलियामा रहेका अनिल पाण्डे र सविता भट्टराईले पठाएको एक लाख रुपैयाँ हस्तान्तरण गरे ।

भट्टराईले निर्मला सबैको छोरी भएको भन्दै न्यायको लडाईमा आफ्नो साथ रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment